Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार आशु कुमार सर्राफलाई प्रदान

spot_img
spot_img

वीरगंज । ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार–२०८२’ यस वर्ष यात्रा डेली डटकमका डेस्क सम्पादक आशु कुमार सर्राफलाई प्रदान गरिएको छ। वीरगंजका दिवंगत पत्रकार नरेश सर्राफको तेस्रो स्मृति सभाको अवसरमा सोमबार आयोजित कार्यक्रममा पत्रकार सर्राफलाई नगद २१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो।

समाजवादी प्रेस संगठन नेपाल पर्साले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पत्रकार सर्राफलाई दोसल्ला ओढाएर सम्मान पत्र र नगद २१ हजारको चेक हस्तान्तरण गरे।

कार्यक्रममा वक्ताहरूले स्वर्गीय नरेश सर्राफको निडर, इमानदार, निष्पक्ष र आँटिलो पत्रकारिताको योगदान स्मरण गर्दै उनलाई नवपुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा वर्णन गरे।

सिडिओ दाहालले समाजलाई सही दिशामा लैजान ‘स्वच्छ र जिम्मेवार पत्रकारिता’ अत्यन्त जरुरी भएको उल्लेख गर्दै तथ्य पुष्टि नगरी समाचार लेख्दा चरित्रहत्या हुने जोखिम रहने बताए। उनले पत्रकारिताले समाजको पिलरको रूपमा सत्य, तथ्य र उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले स्वर्गीय सर्राफ महासङ्घको कार्यसमिति सदस्य समेत रहेको उल्लेख गर्दै पुरस्कारलाई महासङ्घमार्फत निरन्तरता दिनुपर्ने धारणा राखे । महासङ्घका लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिताप्रति घट्दो जनविश्वास पुनः स्थापित गर्न सबै पत्रकारको साझा दायित्व रहेको बताए ।

मधेस प्रदेशका विभिन्न सञ्चार संगठनका पदाधिकारीहरूले स्वर्गीय सर्राफलाई निष्पक्ष र जनहितकारी पत्रकारिताको आदर्श व्यक्तित्वका रूपमा स्मरण गरे।

कार्यक्रममा बोल्दै समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनले स्वर्गीय सर्राफको स्मृतिमा स्थापित अक्षय कोष पारदर्शी र पीडित परिवारमै केन्द्रित हुनेगरी परिमार्जन गर्न महासङ्घलाई आग्रह गरे।

पुरस्कार ग्रहण गर्दै पत्रकार आशु कुमार सर्राफले आफूलाई योग्य ठहरिएकोमा कृतज्ञता व्यक्त गर्दै पुरस्कारले अझै जिम्मेवार र व्यावसायिक बन्न प्रेरणा दिएको बताए।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता बालगाेपाल थापा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, मधेश प्रदेश सचिव दिपक गाैतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष निरज पिठाकाेटे मगर, स्वर्गिय पत्रकार सर्राफकी छाेरी श्रेया सर्राफ, संचारीका समुह मधेश प्रदेशकी सचिव कविता खड्का, प्रेस चाैतारी पर्साका अध्यक्ष निरिन्जन मिश्रा, प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव र विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमकाे संचालन संचारकर्मी सुर्य नारायण विकले गरेका थिए ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका पत्रकार नरेश सर्राफकाे २०७९ मंसिर १५ गते हृदयघातबाट ३८ बर्षकाे उमेरमा अल्पायु मै निधन भएकाे थियाे । उनकै स्मृतिमा संगठनले स्थापना गरेकाे पत्रकारिता पुरस्कार प्रत्येक बर्ष एक जना युवा पत्रकारलाई वितरण गर्दै आएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...