Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

खुला सीमा दुरुपयोग रोक्न जेन जि युवा समूह पर्साद्वारा सिडिओलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । जेन जि युवा समूह पर्साले नेपाल–भारत खुला सीमाको दुरुपयोग भएर देशभर बढ्दै गएका अवैध गतिविधि तथा सुरक्षागत जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाललाई ज्ञापनपत्र बुझाएको छ।

जेन जि युवाहरूको एक टोली जिल्ला प्रशासन कार्यालय पुगेर सीमाक्षेत्रमा सक्रिय आपराधिक गतिविधि, घुसपैठ, अवैध ओसारपसार, मानव तस्करी तथा प्रतिबन्धित सामानको प्रवेशजस्ता समस्यामाथि राज्यको ध्यानाकर्षण गराएको हो । जेन जि समूहका विशेष साहका अनुसार खुला सीमाको दुरुपयोगका कारण राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पर्न थालेपछि औपचारिक रूपमा ज्ञापनपत्र बुझाइएको हो ।

युवाहरूले बुझाएको ज्ञापनपत्रमा सीमाक्षेत्रमा तत्काल लागू गर्नुपर्ने भन्दै आठ बुँदे मागसमेत गरिएको छ । अनियन्त्रित प्रवेश नियन्त्रण गर्दै कडाइका साथ सीमाको सुरक्षा सुनिश्चित गर्न, मुख्य नाकाहरूमा सुरक्षित आवागमनका लागि ‘भेरिफिकेशन डेस्क’ स्थापना गर्न, शंकास्पद व्यक्तिहरूको पहिचान, कागजात प्रमाणीकरण तथा उद्देश्यको पुष्टि प्रणाली अनिवार्य बनाउन उनीहरूको माग छ। त्यस्तै, सीमा क्षेत्रमा डिजिटल निगरानीका लागि CCTV तथा ड्रोन मोनिटरिङ विस्तार, स्थानीय समुदाय, सुरक्षा समिति र जनप्रतिनिधिबीच समन्वय मजबूत गर्न, घुसपैठ र अवैध क्रियाकलापविरुद्ध ‘Zero Tolerance’ नीति लागू गर्न, अवैध कारोबार तथा तस्करी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने र नेपाल–भारत सुरक्षा निकायबीच नियमित संयुक्त गस्ती तथा अनुगमनलाई अनिवार्य व्यवस्था बनाउनुपर्ने उनीहरूको जोड छ।

जेन जि युवा समूहले “खुला सीमा विकास, व्यापार र मानवीय सम्बन्धका लागि होस्, अपराधीका लागि होइन” भन्ने आफ्नो स्पष्ट धारणा प्रकट गरेको छ। उनीहरूको भनाइ अनुसार, अवैध प्रवेश, आपराधिक गतिविधिमा संलग्न समूहको बसोबास, साम्प्रदायिक तनाव फैलाउने प्रयास तथा अवैध वित्तीय कारोबारजस्ता गतिविधिले राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र कानून–व्यवस्थामाथि प्रत्यक्ष असर पारेका छन्।

आगामी चुनाव नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता झनै बढ्ने भएकाले स्थानीय, जिल्ला, प्रदेश र संघीय सरकारहरूले सुरक्षालाई प्राथमिकता दिँदै प्रविधिमैत्री सुरक्षा प्रणाली तथा तस्करी नियन्त्रणमा कठोर कदम चाल्न युवाहरूले आग्रह गरेका छन्। उनीहरूले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समेत बोधार्थ पठाइएको जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...