Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जिराभवानी मन्दिरका पुजारी दम्पतीमाथि दुर्व्यवहार, पञ्चायतीले समितिका सदस्यलाई गरायो माफी

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–१ स्थित ऐतिहासिक जिराभवानी मन्दिरका पुजारी आदेश गिरी र उनकी श्रीमती सुनिता देवी गिरीमाथि शनिबार दुर्व्यवहार भएको छ। स्थानीयका अनुसार मन्दिर संरक्षण समितिका सदस्य अनरुद महतो र हरिकिशोर शर्माले समितिको छवि बिगारेको आरोप लगाउँदै पुजारी दम्पतीसँग गालीगलौज तथा हातपात गरेका थिए।

स्थानीय जुगेश्वर गुरोका अनुसार बिहान करिब ९ बजे पुजारी दम्पतीलाई खाना खान नदिई मन्दिर परिसरबाट बाहिर निकालेको आरोप छ। मन्दिरमा हुने चढावाको आम्दानी समितिले लिने गरे पनि खर्च व्यवस्थापन समयमै नगर्दा पुजारीहरू समस्यामा परेको स्थानीयहरूको भनाइ छ। गुरोका अनुसार पुजारीका लागि न्यानो लुगा खरिद गर्न समिति स्तरबाट पटक–पटक आग्रह गरे पनि व्यवस्था नभएपछि एक दाताले लुगा उपलब्ध गराए, जसपछि समितिका केही सदस्य असन्तुष्ट बनेका थिए। यही विषयलाई लिएर विवाद चर्किएको बताइएको छ।

मन्दिरबाट निकालिएका पुजारी दम्पतीलाई स्थानीय महिला तथा युवाहरूले शनिबार साँझ पुनः मन्दिरमा पुर्‍याएका थिए। त्यसपछि जिराभवानी गाउँपालिकाका जनप्रतिनिधि, भद्रभलादमी तथा स्थानीय युवाहरूको उपस्थितिमा मन्दिर परिसरमै पञ्चायती गरिएको थियो।

पञ्चायतीमा समितिका सदस्य अनरुद महतो र हरिकिशोर शर्माको व्यवहार अनुचित भएको ठहर गर्दै दुर्व्यवहारका लागि पुजारी दम्पतीसँग सार्वजनिक रूपमा माफी माग्न लगाइएको स्थानीयहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...