Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

देशभरि मध्ये सर्वोत्कृष्ट असई रागनी कुमारी ४० हजार नगदसहित पुरस्कृत

spot_img
spot_img

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्र.स.नि. रागनी कुमारी देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत कर्मचारीमध्ये प्रथम स्थान हासिल गर्दै रु ४० हजार नगदसहित प्रशंसा–पत्र प्राप्त गर्न सफल भएकी छन्।

नेपाल प्रहरीको विभागीय नीति निर्देशन तथा आदेशको पूर्ण परिपालनासहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारी अत्यन्त व्यावसायिक ढङ्गले वहन गर्दै लैंगिक हिंसा न्यूनीकरण तथा लैंगिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा देखाएको उत्कृष्ट योगदान र प्रेरणादायी भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।

प्रशंसा–पत्र प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरल र प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हस्ताक्षर गरी प्रदान गरिएको हो।

सोही अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले रागनी कुमारीलाई बधाई तथा आगामी कार्यप्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा सडक विस्तार अभियान तीव्र, बुधबार पनि डोजर सञ्चालन

वीरगंज । वीरगंजकाे मुख्य सडक विस्तार अभियान अन्तर्गत बुधबार पनि डोजर सञ्चालन गरिएको छ । अभियानको तेस्रो दिन मुर्ली चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका सडकका...

वीरगंजलाई सफा र अतिक्रमणमुक्त बनाउन ‘एक्सन टिम’ गठन, सरफुद्दिन मियाँलाई नेतृत्व

वीरगंज । वीरगंज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मा दिएको छ...

इन्टर्याक्ट क्लबका नवनिर्वाचित पदाधिकारीलाई नेतृत्व प्रशिक्षण

वीरगंज । इन्टर्याक्ट क्लब अफ मिनिल्याण्ड स्कुलले शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित पदाधिकारीहरूको नेतृत्व क्षमता, व्यवस्थापन सीप तथा सेवामूलक कार्यप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्ने...