Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

एमाले पर्सामा प्रतिनिधि छनौट विवाद: पार्टी कार्यालयमा धर्ना, निर्वाचन स्थगित

spot_img
spot_img

वीरगंज । नेकपा एमालेको ११औं केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि पर्सा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै असन्तुष्ट समूहले शनिबार पार्टी कार्यालयमा धर्ना समेत बसेका छन्।

युवा क्लस्टरमा प्रदीप यादव र सन्तोष पासवानको उम्मेदवारी परेको थियो । तर प्रदीप यादवको उम्मेदवारी जबर्जस्ती खारेज गरिएको भन्दै यादव समूहले पार्टी कार्यालयमा तालाबन्दी गरी विरोध प्रदर्शन गरेको हो । यसले निर्वाचन प्रक्रिया प्रभावित भएको बताइएको छ । सोही समूहले आफूहरूमाथि भएको अन्यायका विरुद्ध पार्टी कार्यालयमै धर्ना दिएका छन् ।

अन्य पार्टीबाट प्रवेश गर्ने नेता तथा कार्यकर्ताका लागि ७ वर्षे हदम्याद नलाग्ने व्यवस्था भएपनि पर्सामा त्यसको कार्यान्वयन नभएको गुनासो असन्तुष्ट समूहले जनाएको छ । दलित तर्फ क्षेत्र नं. १, वीरगंज–३२ का सोनालाल हजरा हालै अर्को पार्टी छाडेर एमाले प्रवेश गरेका कारण ७ वर्षे नियम नछुने भन्दै उनको उम्मेदवारी कायम हुनुपर्ने एमाले वीरगंज महानगर लेखा समितिका अध्यक्ष अजय साहले बताएका छन्।

मंसिर १० देखि सुरु गरिएको निर्वाचन तालिका अनुसार शनिवार मतदान हुने तय थियो । तर शुक्रबारै तालाबन्दी भएपछि निर्वाचन समितिले निर्वाचन प्रक्रिया हालका लागि स्थगित गरेको छ ।

एमालेको आसन्न ११औं महाधिवेशनका लागि पर्साका ४ वटै क्षेत्रबाट कूल ३५ जना प्रतिनिधि चयन हुनेछन् । यसका लागि ९३ जनाको उम्मेदवारी परेको छ । नेताहरु दुई समुहमा विभाजित भएपछि सहमतिबाट प्रतिनिधि छनाैट गर्न सकस भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...