Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

साउदीबाट रकम पठाएर अतिबिपन्न परिवारलाई न्यानो लुगा र खाद्यान्न सहयोग

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ काठमान्डौटोल निवासी जंगाली मिर्दाहाले एक अतिबिपन्न परिवारलाई न्यानो लुगा, खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेका छन्।

मिर्दाहाले जगरनाथपुर गाउँपालिका–३ बड्गोटोल निवासी ग्यास मियाँको घरमै पुगेर उनका परिवारका लागि एक बोरा चामल, आलु, खानेतेल, नून, दाल, सोयाबीन, साबुन, सर्फ, कापी, पेन, ब्लाङ्केट, स्वीटरलगायत सामग्री हस्तान्तरण गरेका हुन्। आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मियाँकी श्रीमती रबिना खातुन र तीनजना बालबालिकाका लागि यो सहयोग महत्वपूर्ण भएको छ।

खातुनका बालबालिकाले अध्ययन गर्ने गाउँको प्राथमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश चौधरीले फेसबुकमार्फत न्यानो लुगा सहयोगका लागि आग्रह गरेका थिए। उक्त आग्रह सामाजिक सञ्जालमा देखेपछि हाल साउदी अरबमा रोजगारीमा रहेका मिर्दाहाका छोरा बिकाश चौधरीले आर्थिक सहयोग गरेका हुन्।

बिकाश चौधरी यसअघि पनि विभिन्न अतिबिपन्न परिवारलाई सहयोग गर्दै आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...