Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंजमा भारतिय दूतावासद्वारा गीता महोत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । भारतको महावाणिज्य दूतावास, वीरगंजद्वारा आयोजित गीता महोत्सव दूतावास परिसरमै भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। सांस्कृतिक विविधता, आध्यात्मिकता र भारत–नेपालबीचको मैत्री सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा उल्लेख्य उपस्थितिद्वारा माहोल झनै जीवन्त बनेको पाइयो।

भारतका महावाणिज्य दूत देवी सहाय मीनाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । साे अवसरमा वाेल्दै उनले गीता महोत्सव केवल धार्मिक कार्यक्रम नभई मानव जीवनका मूलभूत मूल्य—कर्तव्य, सत्य, नैतिकता र आचरणबारे मार्गदर्शन दिने आध्यात्मिक उत्सव भएको बताए । महाभारतकालीन अर्जुन–कृष्ण संवादका रूपमा प्रस्तुत गीता आजको व्यस्त र तनावपूर्ण जीवनमा पनि उस्तै सान्दर्भिक र प्रेरणादायी रहेको उनले उल्लेख गरे।

मीनाका अनुसार भगवद्गीताले मानव जीवनका तीन आयाम—कर्म, ज्ञान र भक्ति—लाई समत्व, अनुशासन र सदाचारसहित अगाडि बढाउन स्पष्ट मार्गदर्शन प्रदान गर्छ । विशेषगरी ‘निष्काम कर्म’ अर्थात् स्वार्थरहित कर्तव्यपालनले व्यक्तिलाई न केवल व्यक्तिगत जीवनमा इमानदार बन्न प्रेरित गर्छ, समाज तथा राष्ट्रप्रति उत्तरदायी बनाउने शक्ति पनि दिन्छ।

आजको भौतिकतावादी दौडधुप, मानसिक तनाव र मूल्यहरूको क्षीणताबीच गीता मनलाई स्थिर, व्यवहारलाई संयमित र सोचलाई सकारात्मक बनाउने प्रभावकारी ग्रन्थ बनेको वक्ताहरूले उल्लेख गरे।

कार्यक्रमका प्रमुख वक्ताहरूले गीता विश्व शान्ति, सद्भाव र मानवताको साझा सन्देश बोकेको अद्वितीय ग्रन्थ भएको र यसले भारत–नेपालबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने भूमिका खेल्ने विश्वास व्यक्त गरे।

दूतावासका कन्सुल मनीष दासले कार्यक्रमको सञ्चालन तथा सहजीकरण गरेका थिए । भारतिय वाणिज्य दूत मनीष दासले कार्यक्रम समन्वयमा विशेष भूमिका निर्वाह गरेको दूतावासले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...