Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

एमाले पर्सामा प्रतिनिधि चयनमा विवाद, पार्टी कार्यालयमा तालाबन्दी

spot_img
spot_img

वीरगंज ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ केन्द्रीय महाधिवेशनका लागि पर्सामा चलिरहेको प्रतिनिधि छनोट प्रक्रिया विवादित भएकाे छ । प्रतिनिधि छनाैटमा धाधली भएकाे भन्दै एउटा समुहले पार्टी कार्यालयमा तालाबन्दी समेत गरेकाे छ।

युवा क्लस्टरका उम्मेदवार प्रदीप यादव र सन्तोष पासवानबीच प्रतिस्पर्धा भइरहेको अवस्थामा प्रदीप यादवको उम्मेदवारी जबर्जस्ती खारेज गरिएको आरोप लगाउँदै यादव समूहले पार्टी कार्यालयमा तालाबन्दी गर्दै विरोध गरेकाे हाे । तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अवरुद्ध बनेको बुझिएकाे छ ।

अन्याय र मनोमानी निर्णय भएको दाबी गर्दै प्रदीप यादव समूहले छिट्टै धर्ना बस्ने तयारीसमेत गरेको जनाएको छ।

त्यसैगरी दलित तर्फ क्षेत्र नं. १, वीरगंज–३२ का सोनालाल हजरा हालै अर्को पार्टी त्यागेर एमाले प्रवेश भएकाले ७ वर्षे नियम नछुने बताउँदै उनको उम्मेदवारी कायम हुनुपर्ने एमाले वीरगंज महानगर लेखा समितिका अध्यक्ष अजय साहले वताए । उनका अनुसार अन्य पार्टीबाट आएकाकाे ७ बर्षे म्याद लागु नहुने भएपनि पर्सामा नेताहरु आफु खुसी लागु गरेका हुन् ।

विवादका कारण सम्पूर्ण प्रतिनिधि छनोट प्रक्रिया अनिश्चित बनेको बुझिएको छ। पार्टी विधान विपरीत नेताहरूले आफ्नै मनोमानी ढंगले नियम लागू गर्दा विवाद चर्किएको स्रोतले जनाएको छ।

एमाले पर्सामा पछिल्लो समय गुटबन्दी स्पष्ट रूपमा देखिन थालेको छ । एकातिर निर्वतमान सांसद तथा केन्द्रीय सदस्य प्रभु हजरा र जिल्ला अध्यक्ष विश्वम्भर शर्माको समूह रहेको छ भने अर्कोतर्फ पूर्व मन्त्री एवं केन्द्रीय सदस्य राजकुमार गुप्ता, नेता जालिम मियाँ, पूर्व मेयर विजय सरावगीलगायतका नेताहरू आबद्ध समूह रहेको बताइन्छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...