Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस बर्ष आशु सर्राफलाई प्रदान गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साले वितरण गर्दै आएको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गर्ने निर्णय भएको छ।

समाजवादी प्रेस संगठन नेपाल, पर्साले गठन गरेको पुरस्कार वितरणकाे लागि पत्रकार छनौट समितिको बिहिबार बसेको बैठकले दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यात्रा डेलीका डेस्क सम्पादक आशु सर्राफलाई प्रदान गर्ने निर्णय गरेको हो।

रु २१ हजार नगद राशीको यो पुरस्कार यस बर्ष पत्रकार सर्राफलाई प्रदान गर्ने निर्णय भएको समितिका संयोजक तथा समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए।

आगामी मंसिर १५ गते, वीरगंजमा आयोजना हुने स्व. नरेश सर्राफको तेस्रो स्मृति सभामा पुरस्कार वितरण गरिने पनि संयोजक सुमनले बताए । यसअघि सो पुरस्कारबाट वीरगंजका पत्रकार मनोज पटेल सम्मानित भइसकेका छन् ।

समितिका संयोजक सुमनको अध्यक्षतामा बसेकाे बैठकमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, सदस्यहरू हरिशंकर शर्मा, विनोद पटेल, सन्तोष साह र मनिषा कुमारी साहको उपस्थिति रहेको थियो।

समाजवादी प्रेस संगठन पर्सा शाखाका कार्यसमिति सदस्य समेत रहेका पत्रकार स्व. सर्राफको २०७९ मंसिर १५ गते हृदयघातका कारण अल्पायुमै निधन भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...