Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस बर्ष आशु सर्राफलाई प्रदान गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साले वितरण गर्दै आएको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गर्ने निर्णय भएको छ।

समाजवादी प्रेस संगठन नेपाल, पर्साले गठन गरेको पुरस्कार वितरणकाे लागि पत्रकार छनौट समितिको बिहिबार बसेको बैठकले दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यात्रा डेलीका डेस्क सम्पादक आशु सर्राफलाई प्रदान गर्ने निर्णय गरेको हो।

रु २१ हजार नगद राशीको यो पुरस्कार यस बर्ष पत्रकार सर्राफलाई प्रदान गर्ने निर्णय भएको समितिका संयोजक तथा समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए।

आगामी मंसिर १५ गते, वीरगंजमा आयोजना हुने स्व. नरेश सर्राफको तेस्रो स्मृति सभामा पुरस्कार वितरण गरिने पनि संयोजक सुमनले बताए । यसअघि सो पुरस्कारबाट वीरगंजका पत्रकार मनोज पटेल सम्मानित भइसकेका छन् ।

समितिका संयोजक सुमनको अध्यक्षतामा बसेकाे बैठकमा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेशका अध्यक्ष मनोज पटेल, सदस्यहरू हरिशंकर शर्मा, विनोद पटेल, सन्तोष साह र मनिषा कुमारी साहको उपस्थिति रहेको थियो।

समाजवादी प्रेस संगठन पर्सा शाखाका कार्यसमिति सदस्य समेत रहेका पत्रकार स्व. सर्राफको २०७९ मंसिर १५ गते हृदयघातका कारण अल्पायुमै निधन भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...