Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

रोटरी क्लबद्वारा झबराहास्थित एक विद्यालयलाई ईसीडी सामग्री सहयोग

spot_img
spot_img

वीरगंज । रोटरी क्लब अफ सैंबु भैसेपाटीले पर्सागढी नगरपालिका–३, झबराहास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई प्रारम्भिक बालविकास (ईसीडी) सामग्री सहयोग गरेको छ । विद्यालय सुधार सहयोग कार्यक्रमअन्तर्गत सामग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ सैंबु भैसेपाटीका सचिव साबित्री पोखरेलले जानकारी दिइन्।

उनका अनुसार क्लबले ४१ थान चकटी, ४१ जोडी न्यानो लुगा, २४ मिटर कार्पेट, २ थान गलैंचा, ४१ जोडी जुत्ता–मोजा, ४१ थान ब्याग तथा ४१ थान रुमाल विद्यालयलाई प्रदान गरेको हो।

सामग्री हस्तान्तरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक राजेन्द्र चौधरीको अध्यक्षता तथा पर्सागढी नगरपालिकाका प्रमुख गोकरण पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा रोटरी क्लब अफ सैंबुका अध्यक्ष करणबिर थापा, रोटरी क्लब अफ वीरगंजका सचिव दिनदयाल केडिया लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक महादेव चापागाईले गरेका थिए।

विद्यालयको शिक्षा स्तर सुधार, पहुँच विस्तार र गरिब, दलित तथा विपन्न परिवारका बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री सहयोग गरिएको क्लबले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...