Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

सिम्रौनगढमा प्रहरी–तस्कर भिडन्त, ४ मोटरसाइकलसहित सामान बरामद

spot_img
spot_img

कलैया । बारा पचरौता नगरपालिका–६, चिकनी टोल क्षेत्रमा प्रहरी र तस्कर समूहबीच गोली चलेको घटनापछि प्रहरीले चारवटा मोटरसाइकल, दुई मोबाइल र अन्य तस्करीसम्बन्धी सामग्री बरामद गरेको छ ।

आइतबार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट गस्तीमा खटिएको टोलीसँग करिब २५ जनाको तस्कर समूहको एक्कासी जम्का भेट भएपछि तस्करहरूले कटुवा बन्दुकबाट दुई राउण्ड गोली फायर गरेका थिए । प्रहरीले आत्मरक्षाका लागि ९ एमएम पेस्तोलबाट सात राउण्ड जवाफी फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

गोली चलेपछि तस्कर समूह भारततर्फ फरार भए पनि उनीहरूले प्रयोग गरेका बिआर०५बिएल४१५नम्बरको बजाज पल्सर, बिआर०५बि६८६४ नम्बरको स्प्लेंडर, बिआर०५बिडि९८२१नम्बरको बजाज पल्सर र बिआर०५एडब्लु०५०१ नम्बरको हिरो स्प्लेंडर मोटरसाइकलहरू घटना स्थल नजिकै छोडेर भागेको प्रहरीले बताएको छ।

साथै भारतीय सिम प्रयोग भएको ओप्पो मोबाइल, एयरटेल र एनसेल सिमसहितको सामसुङ मोबाइल, र भारतीय नागरिक रञ्जित कुमारको सवारी चालक अनुमति पत्र समेत बरामद गरिएको छ। घटनास्थलमा थप प्रहरी टोली परिचालन गरी आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...

पर्सामा जिल्ला बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

वीरगंज । बालबालिकाको अधिकार संरक्षण, प्रवर्द्धन तथा बाल सहभागितालाई संस्थागत गर्ने उद्देश्यले पर्सामा १५ सदस्यीय जिल्लास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ । जिल्ला समन्वय समिति,...

ड्राइपोर्ट मुआब्जा विवादमा सरकार र पीडितबीच चारबुँदे सहमति

वीरगञ्ज । सरकार र सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट)का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जाको माग गर्दै धर्नामा रहेका पीडितबीच सहमति भएको...