Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

वीरगंजमा सुदन गुरुङ र पर्साका युवाबीच भेटघाट, नेतृत्व र संगठनात्मक योजनाबारे छलफल

spot_img
spot_img

वीरगंज । जेन जी नेपालका संयोजक सुदन गुरुङ र जेन जी पर्साका संयोजक विशेष साहसहित पर्सा जिल्लाका विभिन्न वडाहरू तथा पालिकामा सक्रिय युवा नेतृत्वबीच आज वीरगंजमा विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
भेटघाटका क्रममा पर्साको युवा नेतृत्व, सामाजिक मुद्दा तथा आगामी संगठनात्मक योजनाबारे विस्तृत रूपमा छलफल गरिएको जेन जी पर्साले जानकारी दिएको छ।

कार्यक्रममा अभियन्ता रणधीर वर्णावाल, राजा गुप्ता, अजीत सिंह, अमर सराफ, आँशु सिंह, सागर सर्राफ, र रिशु वर्मासहितको टोली सहभागी थियो। टोलीले भेटघाटअघि वीरगंजस्थित ऐतिहासिक माईस्थान मन्दिरमा पूजा–पाठ गर्दै देश तथा प्रदेशको शान्ति, समृद्धि र युवाको उज्ज्वल भविष्यको कामना गरेको बताइएको छ।

युवाको भूमिकालाई मजबूत बनाउँदै पर्साको विकासका मुद्दाहरूलाई प्राथमिकता दिने र जेन जी युवाहरू एकीकृत रूपमा अघि बढ्ने सहमति समेत भेलाबाट व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...