Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

कर्मचारी प्रिमियर लिग क्रिकेट २०८२ वीरगंजमा सुरु

कालिकामाई, देवताल, राष्ट्रिय बाणिज्य बैंक र नारायणी विजयी

spot_img
spot_img

वीरगंज । सक्सेस इन्स्टिच्युट वीरगंजकाे आयोजनाामा कर्मचारी प्रिमियर लिग (के.पी.एल.) क्रिकेट–२०८२ शुक्रबारदेखि वीरगंजमा सुरु भएकाे छ । आदर्शनगर क्रिकेट ग्राउन्डमा सुरु भएकाे प्रतियाेगिताकाे पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालले उद्घाटन गरेका हुन्।

प्रतियाेगिताकाे उद्घाटन गर्दै सिडिओ दाहालले क्रिकेटप्रति रुचि र आकर्षण बढ्दै गएको उल्लेख गर्दै भने, “खेलले शारीरिक तथा मानसिक स्वास्थ्यकाे प्रवर्द्धन मात्र होइन, भावनात्मक सम्बन्ध पनि मजबुत बनाउँछ।”

उद्घाटन समारोहमा राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रहरी उपरिक्षक सन्तोष ढुंगाना, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरी, पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, सखुवा प्रसाैनी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव, बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, बिश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी, देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल राष्ट्र बैंकका सहायक निर्देशक नरेश सर्राफले गरेका थिए।

पहिलो खेलमा बाराको बिश्रामपुर गाउँपालिकालाई १६ रनले पराजित गर्दै पर्साको कालिकामाई गाउँपालिका विजयी बन्यो। सुरुमा ब्याटिङ गरेकाे कालिकामाईले पुरै १० ओभर खेल्दै ६ विकेट नाेक्सानीमा ६७ रन बनाएकाे थियाे ।

त्यसपछि जवाफी ब्याटिङमा उत्रेकाे बिश्रामपुरले ९ ओभर ३ बल खेल्दै पुरै विकेट नाेक्सानीमा ५० रन मै समेटिएपछि कालिकामाई विजयी घाेषित भएकाे थियाे । याे खेलकाे म्यान अफ द म्याच दुई विकेट लिएका र १६ रन बनाएका वीरगंज महानगरपालिकाका लेखा अधिकृत रुपनारायण राउत घाेषित भएका थिए ।

दोस्रो खेलमा ठोरी टाइगरलाई ८ विकेटले हराउँदै देवताल बाेल्ड्स विजयी भयो । ठोरीले १० ओभरमा ८ विकेटको क्षतिमा ५६ रन बनाएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको देवतालले ६ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गरेकाे बारा जिल्ला हुलाका कार्यालयका प्रमुख दिपक पटेलले जानकारी दिए ।

तेस्रो खेलमा उच्च अदालत अस्थायी इजलास वीरगंजलाई पराजित गर्दै राष्ट्रिय वाणिज्य बैंक वीरगंज विजयी भएको  थियाे । बैंकले १० ओभरमा ३ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको उच्च अदालतले १० ओभरमै ५९ रनमा समेटिएपछि राष्ट्रिय वाणिज्य बैंकले सहज जित हात पारेकाे बैंकका राहुल ओझाले जानकारी दिए ।

चौथो खेलमा पटेर्वा सुगौली सेन्ट्रलसलाई हराउँदै नारायणी हिलिङ स्ट्राइक्रस विजयी बनेको छ । सुरुमा पुरै १० ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा ८१ रना बनाएकाे थियाे । त्यसपछि नारायणीले ८ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेपछि विजयी घाेषित भएकाे थियाे ।

भाेली शनिबार वाकीकाे १२ ओटा लिग म्याच विहान ८ बजेदेखि सांझ ५ बजे सम्म हुने आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...