Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, स्व. नरेश सर्राफकाे तेस्रो स्मृति सभा गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साको छैठाे बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले दिवंगत पत्रकार स्व. नरेश सर्राफको सम्झनामा मंसिर १५ गते तेस्रो स्मृति सभा हुने निर्णय गरेको छ।

सोही कार्यक्रममार्फत संगठनले स्थापना गरेको दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पनि वितरण गरिने बैठकले जनाएको छ । पुरस्कारका लागि योग्य पत्रकारको नाम चयन गर्न अध्यक्ष सुमनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष हरिशंकर शर्मा, सचिव विनोद पटेल, कोषाध्यक्ष सन्तोष साह र सदस्य मनिषा साह चयन भएका छन्।

बैठकले झुट्टाे मुद्दामा फसाइएका संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्मा अदालतबाट निर्दाेष प्रमाणित भएकोमा बधाई ज्ञापन गरेको छ । बैठकमा सहभागीहरूले शर्मालाई खादा र अविरकाे टीका लगाएर शुभकामना व्यक्त गरेका थिए।

वीरगंजस्थित नेपाल पोस्ट डेलीको कार्यालयमा बसेको बैठकमा नेकपाका नेता रामचन्द्र साह, मनोज चौधरी, बालगोपाल थापा, संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेललगायतको उपस्थिति थियो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...