Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

वल्ड साइन्स डेको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

spot_img
spot_img

वीरगंज । वल्ड साइन्स डेको अवसर पारेर लायन्स क्लब अफ वीरगंज परिवार, लायन्स क्लब अफ सेन्ट्रल सिटी, लायन्स क्लब अफ मेट्रो सिटी र लायन्स क्लब अफ सुप्रिमले संयुक्त रूपमा वीरगंज–२० भिस्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

कार्यक्रम अन्तर्गत विद्यालयका ६० जना छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि फर्स्ट भि.डी.जी. लायन रामबिहारी पाण्डेले आर्थिक रूपमा कमजोर बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेर उनीहरूको मनोबल उच्च राख्ने कार्य समाजसेवाको उत्कृष्ट उदाहरण भएको बताउनुभयो । उहाँले लायन्स क्लबहरूको निरन्तर सामाजिक योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशीला साह, लायन्स क्लब अफ मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता, लायन्स क्लब अफ सुप्रिमका अध्यक्ष लायन पियुष दारुका, विद्यालयका प्रधानाध्यापक निरञ्जन न्यौपाने, सहायक प्रधानाध्यापक सुरेश पटेल, रिजन चेयर पर्सन लायन सन्दिप गुप्ता लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ सेन्ट्रल सिटीकी सचिव लायन कविता खड्काले गर्नुभएको थियो । कार्यक्रममा लायन सुदेश लाखे, लायन अंकित चौरसिया, लायन देवन्ती साह, लायन दिपु वर्णवाल, लायन पुरुषोत्तम गुप्ता, लायन्स परिवारका पूर्व अध्यक्ष लायन भानुभक्त अधिकारी, लायन आदित्य साह र विद्यालयका शिक्षक टीका खड्कासहितको सहभागिता रहेको थियो ।

आयोजकहरूले भविष्यमा पनि बालबालिकाको शिक्षा र उज्ज्वल भविष्यका लागि यस्ता सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...