Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वल्ड साइन्स डेको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

spot_img
spot_img

वीरगंज । वल्ड साइन्स डेको अवसर पारेर लायन्स क्लब अफ वीरगंज परिवार, लायन्स क्लब अफ सेन्ट्रल सिटी, लायन्स क्लब अफ मेट्रो सिटी र लायन्स क्लब अफ सुप्रिमले संयुक्त रूपमा वीरगंज–२० भिस्वास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

कार्यक्रम अन्तर्गत विद्यालयका ६० जना छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि फर्स्ट भि.डी.जी. लायन रामबिहारी पाण्डेले आर्थिक रूपमा कमजोर बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेर उनीहरूको मनोबल उच्च राख्ने कार्य समाजसेवाको उत्कृष्ट उदाहरण भएको बताउनुभयो । उहाँले लायन्स क्लबहरूको निरन्तर सामाजिक योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशीला साह, लायन्स क्लब अफ मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता, लायन्स क्लब अफ सुप्रिमका अध्यक्ष लायन पियुष दारुका, विद्यालयका प्रधानाध्यापक निरञ्जन न्यौपाने, सहायक प्रधानाध्यापक सुरेश पटेल, रिजन चेयर पर्सन लायन सन्दिप गुप्ता लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ सेन्ट्रल सिटीकी सचिव लायन कविता खड्काले गर्नुभएको थियो । कार्यक्रममा लायन सुदेश लाखे, लायन अंकित चौरसिया, लायन देवन्ती साह, लायन दिपु वर्णवाल, लायन पुरुषोत्तम गुप्ता, लायन्स परिवारका पूर्व अध्यक्ष लायन भानुभक्त अधिकारी, लायन आदित्य साह र विद्यालयका शिक्षक टीका खड्कासहितको सहभागिता रहेको थियो ।

आयोजकहरूले भविष्यमा पनि बालबालिकाको शिक्षा र उज्ज्वल भविष्यका लागि यस्ता सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...