Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

ग्लोबल बिजनेस क्याम्पसमा १७३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । ग्लोबल बिजनेस क्याम्पस वीरगंजकाे आयाेजनामा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  ३५ महिला सहित १७३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

क्याम्पसका प्रधानाध्यापक श्रीराम दासकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरणराज भट्ट, नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशोर पटेल लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

त्यसैगरी, कार्यक्रममा ग्लोबल बिजनेस कलेजका संस्थापक तथा फाइनान्स हेड अशोक सराफ, संस्थापक तथा एचआर हेड ओमप्रकाश श्रेष्ठ, नेपाली विभाग प्रमुख सन्दीप राज साह लगायत शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

आयोजकका अनुसार, कार्यक्रमको उद्देश्य युवामा सामाजिक उत्तरदायित्व, मानवता र परोपकारको भावना अभिवृद्धि गर्नु थियो । ग्लोबल बिजनेस क्याम्पसले भविष्यमा पनि यस्ता मानवसेवा र समाजोपयोगी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...