Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

ग्लोबल बिजनेस क्याम्पसमा १७३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । ग्लोबल बिजनेस क्याम्पस वीरगंजकाे आयाेजनामा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  ३५ महिला सहित १७३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

क्याम्पसका प्रधानाध्यापक श्रीराम दासकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरणराज भट्ट, नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशोर पटेल लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

त्यसैगरी, कार्यक्रममा ग्लोबल बिजनेस कलेजका संस्थापक तथा फाइनान्स हेड अशोक सराफ, संस्थापक तथा एचआर हेड ओमप्रकाश श्रेष्ठ, नेपाली विभाग प्रमुख सन्दीप राज साह लगायत शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

आयोजकका अनुसार, कार्यक्रमको उद्देश्य युवामा सामाजिक उत्तरदायित्व, मानवता र परोपकारको भावना अभिवृद्धि गर्नु थियो । ग्लोबल बिजनेस क्याम्पसले भविष्यमा पनि यस्ता मानवसेवा र समाजोपयोगी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...