Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

ओली चुनाव भाँड्न नाटक मञ्चन गर्दैछन् : प्रभु साह

spot_img
spot_img

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आगामी २१ फागुनमा हुने चुनाव भाँड्नका लागि नयाँ–नयाँ नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। उनले चुनाव हुन नदिन गरिएको कुनै पनि षड्यन्त्रविरुद्ध जनस्तरबाट प्रतिवाद गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै साहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने नाममा ओलीले आफ्नै दलका नेताहरूसँग हस्ताक्षर सङ्कलन अभियान चलाउन लगाएको भन्दै उनलाई चुनावबाट नभाग्न चेतावनी दिए।

साहले भने, “जेन-जि आन्दोलनमा युवाहरूको छाती र टाउकोमा गोली हान्नेहरूले नै आज चुनाव हुन नदिने भन्दै चुनौती दिन थालेका छन्।” उनले ओलीको ‘दम्भकारी शासन र अहंकार’ जनताले युवाहरूको बलमा परास्त गरेको र त्यसैले एमाले अहिले चुनावको सामना गर्न डराएको टिप्पणी गरे।

साहले जेन-जि आन्दोलनका क्रममा मारिएका युवाहरूका हत्यारामाथि कारबाही प्रक्रिया अघि नबढेकोप्रति असन्तोष जनाउँदै सरकार र अपराधीबीचको “नेक्ससको गन्ध” आएको बताए।

त्यसक्रममा उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई “सस्तो लोकप्रियता खोज्ने” व्यक्ति भन्दै आलोचना गरे। “पूर्वराष्ट्रपतिहरूको जलेको घर हेरेर फोटो प्रचार गर्नेभन्दा जेन-जि हत्यारामाथि कारबाही गर्नु नै मन्त्रीको जिम्मेवारी हो,” उनले भने।

साहले आन्दोलनकारीहरूलाई छानीछानी पक्राउ गर्ने तर हत्याराहरूलाई उन्मुक्ति दिने प्रवृत्ति चलाइएको आरोप लगाए। उनले सुशीला कार्की नेतृत्वको सरकारमाथि समेत जेन-जि आन्दोलनको गौरव धुमिल पार्न खोजेको शंका व्यक्त गर्दै भने, “सरकार जसरी पनि २१ फागुनमा चुनाव गराउने दायित्वबाट नभागोस्, यही जनताको माग हो।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...