Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

ट्रिगर आउट फिटनेस जिमद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ५० जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज । ट्रिगर आउट फिटनेस जिमको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित उक्त कार्यक्रममा १४ महिला सहित ५० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजले जनाएको छ।

कार्यक्रम ट्रिगर आउटका फाउन्डर अरमान सहानी र डाइरेक्टर श्याम अग्रवालको पहलमा सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंजका अध्यक्ष बृजकिशोर पटेल र नेपाल इनोभेन्ट सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाईले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै यस्ता मानवीय कार्यहरूले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका थिए।

रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको नेतृत्वमा रहेको प्राविधिक टोलीले रक्त संकलन तथा व्यवस्थापनमा सहयोग पुर्‍याएको थियो । आयोजक अरमान सहानीले भने, “रक्तदान जीवनदान हो, यो हाम्रा फिटनेस सदस्यहरू र समाजका युवाहरूका लागि गर्वको विषय हो। आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिइनेछ।”

कार्यक्रममा स्थानीय युवाहरू, जिमका सदस्य, समाजसेवी राजेन्द्र भट्टराई तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...