Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

लहावरथकरीमा महिला साइकल रेस र पुरुष म्याराथन सम्पन्न

सीमाका स्थानीयसँग समन्वय, सहकार्य र मित्रवत व्यवहार प्रवर्द्धन गर्ने

spot_img
spot_img

वीरगंज । लहावरथकरी मुल्म तथा सीमा सहजीकरण समिति पकहाँ मैनपुरको आयोजनामा शनिबार पकहाँ मैनपुर गाउँपालिका–४ लहावरथकरीमा महिला साइकल रेस र पुरुष म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीको खेलकुद कार्यक्रम–२०८२ अन्तर्गत आयोजित उक्त प्रतियोगिताको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले गरेका थिए।

महिला साइकल रेसमा श्री रमचरित्र भगत मावि पकहाँ मैनपुरकी गीता कुमारी साहनी प्रथम, गोल्डेन लाईफ कोचिङ सेन्टर सबैठवाकी अस्मिता चौरसिया द्वितीय र जह्राराना खातुन तृतीय भएकी छन् ।

त्यसैगरी पुरुष म्याराथनमा गोल्डेन लाईफ कै आदित्य कुशवाहा प्रथम, रवि साह द्वितीय र आकाश राम तृतीय भएका छन्। विजेताहरुलाई प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी दाहालले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रम पकहाँ मैनपुर गाउँपालिका–४ का वडाध्यक्ष एवं सीमा सहजीकरण समितिका संयोजक ढेडी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका गणपति एपसी पुरण चन्द्र भट्ट, डिएसपी लोकनाथ उप्रेती, वडाध्यक्ष सञ्जय चौहान, बलिराम चौरसिया, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर प्रदीप पौडेल लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको सहजीकरण पत्रकार छठू साहले गरेका थिए । सीमाका स्थानीयसँग समन्वय, सहकार्य, जिम्मेवारी र मित्रवत व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी उप्रेतीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...