Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

spot_img
spot_img

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित उद्योगी–व्यवसायीहरूसँगको अन्तरक्रियामा उनले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाउन प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्री खनालले व्यापारिक वातावरणलाई पारदर्शी र विश्वसनीय बनाउन अनलाइन प्रणालीको प्रभावकारी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। उनले भने, “वैदेशिक व्यापार सहजीकरणका लागि वीरगंज र विराटनगर भन्सारमा अनलाइन मूल्यांकन प्रणाली लागू गरिएको छ। वैध व्यापारलाई प्रोत्साहन र अवैध व्यापार नियन्त्रण गर्न ‘ट्रष्टेड व्यवसायी’ पहिचानको प्रक्रिया अघि बढाइएको छ।”

उनले इमानदार व्यवसायीलाई प्रोत्साहन दिने र गैरकानुनी गतिविधिमा संलग्न जो कोहीमाथि कडा कारबाही हुने चेतावनी समेत दिए। “यदि कर्मचारीतर्फ कुनै गुनासो प्रमाणित भयो भने तहपद नहेरी कारबाही हुन्छ,” भन्दै उनले प्रशासनिक सुधार र उत्तरदायित्वमा सरकार गम्भीर रहेको स्पष्ट पारे।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले निजी क्षेत्रका तर्फबाट उद्योग–व्यवसायमा देखिएका प्रमुख समस्या र सुधारका मागहरू अर्थमन्त्री समक्ष प्रस्तुत गरे। उनले सीमाक्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणका लागि कर नीतिको पुनरअवलोकन, स्थानीय सरकारद्वारा दोहोरो कर असुली रोक्ने, उधारो असुलीसम्बन्धी स्पष्ट कानून निर्माण र उद्योगमा विद्युत आपूर्तिको नियमितता सुनिश्चित गर्न माग गरे।

त्यस्तै, उनले नीतिगत स्थायित्व, कर प्रशासनको सरलीकरण र वैदेशिक लगानीमैत्री वातावरण सृजना गर्न आग्रह गरे। उनका अनुसार बारम्बार नीति परिवर्तन र जटिल कर प्रणालीका कारण उद्योग क्षेत्र निरुत्साहित हुँदै गएको छ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद, नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटा, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा र उद्यमी साकेत क्याललगायतले पनि उद्योग–व्यापार क्षेत्रका चुनौतीबारे धारणा राख्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

अर्थमन्त्री खनालले उद्योगी–व्यवसायीका सुझाव र समस्या समाधानका लागि मन्त्रालय स्तरमा गम्भीर छलफल गरिने र आवश्यक नीतिगत तथा प्रशासनिक सुधारका पहल तत्काल सुरु गरिने आश्वासन दिए।

कार्यक्रमको अन्त्यमा अर्थमन्त्री र निजी क्षेत्रबीच सहकार्य र विश्वास सुदृढ गर्दै आगामी आर्थिक नीतिहरूलाई उद्योगमैत्री बनाउन मिलेर अघि बढ्ने सहमति गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर...

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...