Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंजमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीमा खटिएको टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

आज दिउँसो १२:३० बजेतिर सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना नेपाली सशस्त्र प्रहरी र भारतीय समकक्षी एसएसबी पन्टोकाका एसि सचिन सिंहको कमाण्डमा ५ जना गरी संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

गस्तीका क्रममा नेपाल तर्फ पर्सा जिल्ला वीरगंज महानगरपालिका–१६ इनर्वा र भारत तर्फ पूर्वी चम्पारण जिल्ला नुनियाडी पंचायत–१ अहिर्वा स्थित सानो सीमा स्तम्भ नं. ३९०/२२ नजिक (अन्दाजी १५ मिटर नेपालतर्फ) दुई जना व्यक्तिलाई शंकास्पद अवस्थामा फेला पारिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले जनाएको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका–५ कुमालटोलका अन्दाजी १८ वर्षीय सुमित कुमार मण्डल र बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–७ का अन्दाजी २८ वर्षीय संजय कुमार साह कलवार रहेका छन्। उनीहरू झाडीमा लठ्ठ अवस्थामा लुकीछिपी बसेको अवस्थामा भेटिएका थिए।

गस्ती टोलीले उनीहरू बसेको स्थानमै बोरा भित्र लुकाइएको कटुवा पेस्तोल १ थान फेला पारेको बताइएको छ। लठ्ठ अवस्थामा रहेका संजय कुमारलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ भने दुवैजनालाई बरामद गरिएको हतियारसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका गणपति एसपी पुरन चन्द्र भट्टले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...