Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

वीरगंजमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीमा खटिएको टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

आज दिउँसो १२:३० बजेतिर सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना नेपाली सशस्त्र प्रहरी र भारतीय समकक्षी एसएसबी पन्टोकाका एसि सचिन सिंहको कमाण्डमा ५ जना गरी संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

गस्तीका क्रममा नेपाल तर्फ पर्सा जिल्ला वीरगंज महानगरपालिका–१६ इनर्वा र भारत तर्फ पूर्वी चम्पारण जिल्ला नुनियाडी पंचायत–१ अहिर्वा स्थित सानो सीमा स्तम्भ नं. ३९०/२२ नजिक (अन्दाजी १५ मिटर नेपालतर्फ) दुई जना व्यक्तिलाई शंकास्पद अवस्थामा फेला पारिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले जनाएको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका–५ कुमालटोलका अन्दाजी १८ वर्षीय सुमित कुमार मण्डल र बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–७ का अन्दाजी २८ वर्षीय संजय कुमार साह कलवार रहेका छन्। उनीहरू झाडीमा लठ्ठ अवस्थामा लुकीछिपी बसेको अवस्थामा भेटिएका थिए।

गस्ती टोलीले उनीहरू बसेको स्थानमै बोरा भित्र लुकाइएको कटुवा पेस्तोल १ थान फेला पारेको बताइएको छ। लठ्ठ अवस्थामा रहेका संजय कुमारलाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ भने दुवैजनालाई बरामद गरिएको हतियारसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका गणपति एसपी पुरन चन्द्र भट्टले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...