Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

छिट्टै एकीकृत समाजवादीलगायत दलसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

spot_img
spot_img

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रै विभिन्न वाम दलहरूसँग पार्टी एकता गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको सचिवालय बैठकले यही कात्तिक १७ गते हुने केन्द्रीय समिति बैठकबाट पार्टी एकताबारे अन्तिम टुंगो लगाउने निर्णय गरेको प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार पार्टी एकता आजको बैठकको प्रमुख एजेन्डा रहेको थियो । सापकोटाले भने, “एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब सहमति भइसकेको छ । आजको छलफल खासगरी प्राविधिक र संगठनात्मक पक्षमा केन्द्रित भयो।”

उनका अनुसार नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गरेका नेता प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), साथै सुवाष काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीबीच एकता हुने तयारी भइरहेको छ।

सापकोटाले माओवादी केन्द्रबाट विद्रोह गरेका चिरण सि नेतृत्वको समूहसँग पनि वार्ता जारी रहेको बताए । उनका अनुसार, “हाम्रो जोड सबै वाम शक्तिहरूसँग एकता गर्नेमै छ । तर एकता ढिलो गर्नुहुँदैन, ढिलो भयो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहलकदमी कमजोर हुन्छ ।” उनले थपे, “फागुन २१ गते सरकारले चुनावको घोषणा गरिसकेको छ, त्यसलाई ध्यानमा राख्दै एकतालाई शीघ्र अघि बढाउने निर्णय गरिएको छ।”

बैठकमा नेता जनार्दन शर्माले तत्काल एकता नगरी माओवादी केन्द्रलाई नै बलियो बनाउनुपर्ने सुझाव दिएका थिए । आफ्नो धारणा राखेपछि उनले बैठकबाट बाहिरिएका थिए । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जनार्दन शर्मासँग केही फरक मत रहेको स्वीकार गर्दै एकता प्रक्रियाबारे झलनाथ खनाललगायत नेतासँग छलफल गरेर अघि बढ्ने जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...