Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

छिट्टै एकीकृत समाजवादीलगायत दलसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

spot_img
spot_img

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रै विभिन्न वाम दलहरूसँग पार्टी एकता गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको सचिवालय बैठकले यही कात्तिक १७ गते हुने केन्द्रीय समिति बैठकबाट पार्टी एकताबारे अन्तिम टुंगो लगाउने निर्णय गरेको प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार पार्टी एकता आजको बैठकको प्रमुख एजेन्डा रहेको थियो । सापकोटाले भने, “एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब सहमति भइसकेको छ । आजको छलफल खासगरी प्राविधिक र संगठनात्मक पक्षमा केन्द्रित भयो।”

उनका अनुसार नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गरेका नेता प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), साथै सुवाष काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीबीच एकता हुने तयारी भइरहेको छ।

सापकोटाले माओवादी केन्द्रबाट विद्रोह गरेका चिरण सि नेतृत्वको समूहसँग पनि वार्ता जारी रहेको बताए । उनका अनुसार, “हाम्रो जोड सबै वाम शक्तिहरूसँग एकता गर्नेमै छ । तर एकता ढिलो गर्नुहुँदैन, ढिलो भयो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहलकदमी कमजोर हुन्छ ।” उनले थपे, “फागुन २१ गते सरकारले चुनावको घोषणा गरिसकेको छ, त्यसलाई ध्यानमा राख्दै एकतालाई शीघ्र अघि बढाउने निर्णय गरिएको छ।”

बैठकमा नेता जनार्दन शर्माले तत्काल एकता नगरी माओवादी केन्द्रलाई नै बलियो बनाउनुपर्ने सुझाव दिएका थिए । आफ्नो धारणा राखेपछि उनले बैठकबाट बाहिरिएका थिए । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जनार्दन शर्मासँग केही फरक मत रहेको स्वीकार गर्दै एकता प्रक्रियाबारे झलनाथ खनाललगायत नेतासँग छलफल गरेर अघि बढ्ने जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...