Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

तीन महिनामा वीरगंज नाकाबाट ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

spot_img
spot_img

वीरगंज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज भन्सार नाकाबाट करिब रु ३८ अर्ब नौ करोड मूल्य बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन्। डिजेल, पेट्रोल, एलपी ग्यास (लिक्विफाइड पेट्रोलियम ग्यास), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेलसमेत गरी पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कुल रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा रु ३९ अर्ब १५ करोड मूल्यका पेट्रोलियम पदार्थ आयात भएका थिए भने रु १६ अर्ब सात करोड राजस्व संकलन भएको थियो। यसरी चालु आवको सो अवधिमा रकमको आधारमा पेट्रोलियम पदार्थ आयातमा करिब रु एक अर्ब छ करोडले कमी आएको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।

भन्सार कार्यालयका अनुसार चालु आवको असोज मसान्तसम्म रु १५ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ७४ हजार ९२४ किलोलिटर डिजेल आयात भएको छ, जसबाट रु छ अर्ब ९६ करोड राजस्व सङ्कलन भएको छ। त्यस्तै, तीन महिनामा रु १० अर्ब ७२ करोड मूल्य बराबरको एक लाख २५ हजार ३८० किलोलिटर पेट्रोल आयात हुँदा रु सात अर्ब नौ करोड राजस्व प्राप्त भएको छ।

सोही अवधिमा रु सात अर्ब ४९ करोड मूल्यका सात करोड ३९ लाख ७७ हजार दुई सय ७१ किलोग्राम एलपी ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...