Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

पर्साका जेन-जीहरूको मन्त्री गुप्तासँग भेट, नारायणी रंगशाला स्तरोन्नतिको माग

spot_img
spot_img

वीरगंज । पर्साका युवाहरूले नेपालका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग काठमाडौंस्थित सिंहदरबारमा भेटघाट गरी युवासम्बन्धी नीति, खेलकुद पूर्वाधार विकास तथा स्थानीय स्तरमा युवाको सहभागिता विस्तारका विषयमा विस्तृत छलफल गरेका छन्।

जेन-जि पर्सा टिमका प्रतिनिधिहरूले मन्त्री गुप्तालाई बधाई ज्ञापन गर्दै युवाको हकहित र खेलकुद क्षेत्रको दिगो विकासका लागि मागपत्र समेत बुझाएका हुन ।

मागपत्रमा युवाहरूले वीरगंजस्थित ऐतिहासिक नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको खेलकुद पूर्वाधारको रूपमा विकास गर्न जोड दिएका छन्। साथै, प्रत्येक स्थानीय पालिकामा आधुनिक खेलकुद मैदान निर्माण, योग्यताका आधारमा पारदर्शी नियुक्ति प्रक्रिया लागू गर्न, खेलकुद एकेडेमी र छात्रवृत्ति योजना सञ्चालन गर्न, तथा युवा प्रतिनिधित्व सुनिश्चित गर्दै स्थानीय युवा क्लब गठन गर्न आग्रह गरेका छन्।

भेटका क्रममा मन्त्री गुप्ताले युवाहरूका सुझाव र मागहरू ध्यानपूर्वक सुन्नुहुँदै आगामी दिनमा नारायणी रंगशाला सम्बन्धी सकारात्मक समाचार आउने संकेत गर्नुभएको छ। साथै, मन्त्रालयले खेलकुद पूर्वाधार र युवा सहभागिता विस्तारका लागि आवश्यक पहल गर्ने आश्वासन पनि दिनुभयो।

भेटमा सहभागी जेन-जि पर्सा टिमका प्रतिनिधि अनिल कुमार साह, विशेष साह, रणधिर कुमार बर्णवाल र युवराज मुखियाले यस छलफलले पर्सा सहित सम्पूर्ण देशका युवाहरूमा नयाँ उत्साह र आशाको सन्देश दिएको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ‘थिंक.केयरकूप’ तालिम सम्पन्न, स्याहार अर्थतन्त्रमा सहकारीको भूमिका सुदृढ गर्ने जोड

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) तथा राष्ट्रिय सहकारी महासंघको सहयोगमा जिल्ला सहकारी संघ, पर्साले सहकारी सदस्यहरूका लागि ‘थिंक.केयरकूप’ : स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय...

वीरगंजको मुख्य सडक विस्तार पुनः सुरु, बाँकी संरचना हटाउने अभियान निरन्तर चल्ने

वीरगंज । वीरगंजको मुख्य सडकअन्तर्गत घण्टाघरदेखि अलखियामठसम्मको सडकखण्डमा बाँकी रहेका संरचना हटाउने कार्य बुधबारदेखि पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय, हेटौँडाले त्रिभुवन...

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...