Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्साका जेन-जीहरूको मन्त्री गुप्तासँग भेट, नारायणी रंगशाला स्तरोन्नतिको माग

spot_img
spot_img

वीरगंज । पर्साका युवाहरूले नेपालका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग काठमाडौंस्थित सिंहदरबारमा भेटघाट गरी युवासम्बन्धी नीति, खेलकुद पूर्वाधार विकास तथा स्थानीय स्तरमा युवाको सहभागिता विस्तारका विषयमा विस्तृत छलफल गरेका छन्।

जेन-जि पर्सा टिमका प्रतिनिधिहरूले मन्त्री गुप्तालाई बधाई ज्ञापन गर्दै युवाको हकहित र खेलकुद क्षेत्रको दिगो विकासका लागि मागपत्र समेत बुझाएका हुन ।

मागपत्रमा युवाहरूले वीरगंजस्थित ऐतिहासिक नारायणी रंगशालाको जीर्णोद्धार र स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको खेलकुद पूर्वाधारको रूपमा विकास गर्न जोड दिएका छन्। साथै, प्रत्येक स्थानीय पालिकामा आधुनिक खेलकुद मैदान निर्माण, योग्यताका आधारमा पारदर्शी नियुक्ति प्रक्रिया लागू गर्न, खेलकुद एकेडेमी र छात्रवृत्ति योजना सञ्चालन गर्न, तथा युवा प्रतिनिधित्व सुनिश्चित गर्दै स्थानीय युवा क्लब गठन गर्न आग्रह गरेका छन्।

भेटका क्रममा मन्त्री गुप्ताले युवाहरूका सुझाव र मागहरू ध्यानपूर्वक सुन्नुहुँदै आगामी दिनमा नारायणी रंगशाला सम्बन्धी सकारात्मक समाचार आउने संकेत गर्नुभएको छ। साथै, मन्त्रालयले खेलकुद पूर्वाधार र युवा सहभागिता विस्तारका लागि आवश्यक पहल गर्ने आश्वासन पनि दिनुभयो।

भेटमा सहभागी जेन-जि पर्सा टिमका प्रतिनिधि अनिल कुमार साह, विशेष साह, रणधिर कुमार बर्णवाल र युवराज मुखियाले यस छलफलले पर्सा सहित सम्पूर्ण देशका युवाहरूमा नयाँ उत्साह र आशाको सन्देश दिएको बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...