Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

घडिअर्वा पाेखरीमा ६२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । नेपालीहरूको महान पर्व छठ पूजाको अवसरमा घडिअर्वा स्पोर्ट्स क्लब वीरगंजले आफ्नो २३औं रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष सन्तोष कुमार साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । उक्त कार्यक्रममा २ महिला सहित ६२ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजले जनाएकाे छ ।

घडिअर्वा पाेखरी परिसरमा भएकाे कार्यक्रममा वीरगंज–१० का वडाध्यक्ष सुशील साह कानु, राकेश साह, प्रभाकर गुप्ता, प्रदीप कुमार गुप्ता, राहुल साह कानु, दिपेश कुमार कर्ण, हरिशंकर साह, बिरेन्द्र कुशवाहा, बिरेन्द्र साह कानु, जितेन्द्र सिंह, रञ्जित कुमार सर्राफ, लालबाबु प्रसाद कुशवाहा, नरेंद्र प्रताप साह, मुकेश कुमार साह, दिनेश पासवान, र राकेश पटेल लगायतका व्यक्तिहरूले स्वेच्छिक रक्तदान गरेका थिए।

घडिअर्वा छठ पुजा व्यवस्थापन समितिकाे व्यवस्थापनमा भएकाे कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे र उनको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...