Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

जगरनाथपुर गाउँपालिकामा तीन दिन मासु, माछा र मदिरामा प्रतिबन्ध

spot_img
spot_img

वीरगंज । जगरनाथपुर गाउँपालिकाले हिन्दुहरुको महान चाँड छठ पर्व २०८२ को अवसरमा गाउँपालिका क्षेत्रभित्र तीन दिनका लागि मासु, माछा, मदिरा र अन्य नशालु पदार्थहरू उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवद्वारा जारी सूचना अनुसार यही कार्तिक ८ गतेदेखि १० गतेसम्मका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ बमोजिम यो निर्णय लागू हुने जनाइएको छ।

छठ पर्वको धार्मिक, सांस्कृतिक मर्यादा, पवित्रता र सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। साथै, सो अवधिमा प्रतिबन्ध उल्लङ्घन गर्ने व्यक्तिहरूमाथि प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनीसमेत सूचना मार्फत दिइएको छ।

सूचना बोधार्थका लागि जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय पोखरिया, सशस्त्र प्रहरी बल गुल्म र प्रहरी चौकीहरूलाई समेत पठाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...