Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026

सशस्त्र प्रहरीले बरामद गरेकाे सामान र मोटरसाइकल भन्सार बुझायो

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल, नेपालले पर्साको विभिन्न स्थानमा सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा ६ लाख २४ हजार ५० रुपैया बराबरको अबैध सामान तथा मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले बिहिबार बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठा नजिक भारतबाट भन्सार छली टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको करिब रु.२ लाख ७६ हजार ३४० बराबरको कपडा बरामद गरेको थियाे । बरामद गरिएको सामान शुक्रबार बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको अर्को टोलीले धोविनी गाउँपालिका–१ जानकीटोला नजिक भारतबाट अबैध रुपमा भन्सार छली मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको ७३ हजार ५०० बराबरको किराना तथा कस्मेटिक सामान बरामद गरेको छ । उक्त घटनामा संलग्न व्यक्ति मोटरसाइकल छाडी फरार भएको प्रहरीले जनाएको छ।

यस्तै, शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–३ झौवा नजिक नेपालबाट भारततर्फ लैजादै गरिएको रु.४ हजार २१० बराबरको स्याउ र उक्त कार्यमा प्रयोग भएको २ लाख ७० हजार रुपैया बराबरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको सम्पूर्ण सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद पन्तको आरोप : प्रहरीकै मिलेमतोमा नेपालीलाई क्यासिनो प्रवेश, तस्करी रोक्न पनि असफल

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै क्यासिनोमा नेपालीहरूको गैरकानुनी...

पर्सामा कारबाट १०२ केजीभन्दा बढी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसमेत...

जगरनाथपुर–३ जमुनियामा नवनिर्मित प्रवेशद्वार उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनिया गाउँको प्रवेशस्थलमा निर्माण गरिएको पक्की स्वागत प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति...