Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

अलौमा गाँजा सहित अन्सारी पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१७ अलौ पोष्ट नजिक सशस्त्र प्रहरीले गाँजा सहित एक वृद्धलाई नियन्त्रणमा लिएको छ ।

बिहिबार बिहान करिब ८:५० बजे प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रहरी नायब उपरिक्षक सुरज कुमार कार्कीको कमाण्डमा रहेको पाँच जनाको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ साईकलमा जाँदै गरेका वीरगंज–२६ अठराहा बस्ने ७४ वर्षीय इस्लाम अन्सारीलाई पक्राउ गरेको हो।

अन्सारीले बोकेको झोलामा १.९८५ किलोग्राम गाँजा फेला परेपछि साईकल सहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...