Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्साको जयमंगलापुर र मधवलमा दीपावलीको अवसरमा बृहत कुस्ती प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–वडा नं. ३, जयमङ्लापुरमा दङ्गल (कुस्ती) प्रतियोगिता मंगलबार सम्पन्न भएको छ। हरेक वर्षझैँ यस वर्ष पनि दीपावलिको शुभ अवसरमा आयोजना गरिएको यस प्रतियोगितामा देश तथ बिदेशका विभिन्न स्थानका पहलवानहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा छिपहरमाई गाउँपालिकाका वडा अध्यक्ष दिपेन्द्र सिंह, नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंहलगायतका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। आयोजक समितिका अनुसार यो प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास र परम्परागत संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ।

त्यसैगरी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पर्साकै बिन्दबासिनी गाउँपालिका–वडा नं. ४, मधवलमा पनि मेला तथा कुस्ती प्रतियोगिता सम्पन्न भएको छ।

उक्त मेला उत्तम मेला समिति, मधवलको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता मेला समितिका अध्यक्ष उत्तम तिवारीले गरेका थिए भने प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी रहेका थिए।

मेलामा भएको कुस्ती प्रतियोगितामा स्थानीय तथा बाह्य पहलवानबीच रोचक प्रतिस्पर्धा भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...