Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाई युवा समाजको दोस्रो वार्षिकोत्सव दलित बस्तीमा, छठ ब्रतालुलाई सामग्री वितरण

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–२ स्थित कालिकामाई युवा समाजले आफ्नो दोस्रो वार्षिकोत्सव समाजसेवामूलक कार्यका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा आईतवार समाजले दलित बस्तीमा पुगेर छठ ब्रतालुहरूलाई साडी तथा छठ पूजाका सामग्री वितरण गर्दै शुभकामना अर्पण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम अन्तर्गत समाजले कालिकामाई गाउँपालिका–१, गोपालपुरस्थित माझी समुदायका करिब ५० घरपरिवारलाई लुगा, मैदा, चिनी, रिफाइन तेल, अगरबत्ती, सलाही लगायतका पूजाका सामग्री वितरण गरेको समाजका अध्यक्ष आकाश चौरसियाले जानकारी दिए।

अध्यक्ष चौरसियाका अनुसार संस्थाले आफ्नो दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा यो कार्यक्रम आयोजना गरिएको हो। उनले भने, “हाम्रो संस्था समाजसेवा, सहकार्य र समृद्ध समाज निर्माणको लक्ष्यसहित निरन्तर क्रियाशील छ। यो कार्यक्रमका लागि कुनै बाह्य सहयोग नलिई आफ्नै सदस्यहरूको योगदानबाट व्यवस्थापन गरिएको हो।”

अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आकाश केवट, उपाध्यक्ष भरत साह, सचिव विकास पटेल, कोषाध्यक्ष बुलेट तिवारी, इलाका प्रहरी कार्यालय बिरञ्चीबर्वाका प्रहरी सहायक निरीक्षक जगमोहन साह कानु, संस्थापक सदस्यहरू राकेश सर्राफ, मोहन महतो, रमेश चौरसिया, चन्द्रशेखर पटेल, दिपेन्द्र गुप्ता, सुदिप चौरसिया लगायत समाजका सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रमले समाजमा सहकार्य, सेवा र सामुदायिक एकताको सन्देश फैलाएको सहभागीहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...