Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा ‘हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान’ तयारीका बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । हिन्दु स्वयंसेवक संघका संघचालक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिनाको सान्निध्यमा वीरगंजमा “हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान” अन्तर्गत बारा र पर्सा जिल्लास्तरीय प्रबुद्ध नागरिक गोष्ठीको तयारीका सम्बन्धमा विशेष छलफल तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाविद्, धार्मिक अगुवा, युवा प्रतिनिधि तथा नागरिक समाजका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो । छलफलमा अभियानका उद्देश्य, हिन्दु समाजमा जागरणको आवश्यकता, राष्ट्रिय एकता र सांस्कृतिक संस्कारको संरक्षणका विषयमा विस्तृतरूपमा विचार–विमर्श गरिएको थियो ।

संघचालक तिम्सिनाले हिन्दु मूल्य–मान्यता र राष्ट्रिय पहिचानको संरक्षणका लागि नागरिक स्तरमा चेतना फैलाउन सबैलाई आह्वान गर्दै, आगामी गोष्ठीलाई सफल बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमका क्रममा बारा र पर्सा जिल्लामा हुन गइरहेको प्रबुद्ध नागरिक गोष्ठीका कार्यक्रम रूपरेखा, संयोजन समिति गठन र प्रचार–प्रसार रणनीतिबारे पनि विस्तृत योजना तय गरिएको आयोजकले जानकारी दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...