Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

७०औं प्रहरी दिवसको अवसरमा वीरगंजमा ६७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा बिहीबार ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा एक महिलासहित कुल ६७ जनाले स्वेच्छिक रक्तदान गरेका छन् । रक्त संचार केन्द्र वीरगंजका अनुसार रामसुन्दरी यादव, धर्मेन्द्र प्रसाद, सम्बर गुरुङ, मनोर रसाइली, केदार तिमल्सिना, मोहम्मद जलीम अख्तर, गुलशन कुमार यादव, अफरोज आलम, ऋषिराम भट्टराई, लालबहादुर साह, मोतीलाल पासवान, लक्ष्मण कुमार यादव, सुदन पुरी, रामचन्द्र यादव, मुकेश रायलगायतले रक्तदान गरेका हुन् ।

‘नागरिक प्रहरी सहकार्य, सुरक्षाका लागि अपरिहार्य’ भन्ने नारा सहित आयोजित कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्ति राज कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल लगायतको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रमलाई रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा पुगेको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...

शिक्षा–स्वास्थ्य कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको निर्णयको स्वागत...