Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

सरकारले तोकिएको समयमा निर्वाचन गर्नैपर्छ : उपमहासचिव यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमा अर्थात् आगामी फागुन २१ गते नै देशमा निर्वाचन गर्नैपर्ने बताएका छन्।

वीरगंजस्थित टाउनहलमा आज जसपा जिल्ला समिति, पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै यादवले सरकारले तोकिएको समयमै निर्वाचन गराउनु पर्ने र राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

उनले भने, “सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउनु पर्छ। निर्वाचनमा भाग लिन हामी तयार छौँ। अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनु पर्छ।”

उपमहासचिव यादवले सरकारले समयमै निर्वाचन गराउन सकेन भने देश दुर्घटनामा जाने चेतावनी दिँदै भने, “चुनाव भएन भने देश दुर्घटनामा जाने छ। दुर्घटना रोक्नलाई भए पनि देशमा निर्वाचन हुनु पर्छ।”

उनले सुशिला कार्की नेतृत्वको वर्तमान सरकारले मधेस विरोधी निर्णय गरे मधेसका जनता संघर्षमा उत्रिने चेतावनी पनि दिए। उनले भने, “सरकारले मधेसका माग र मुद्दामा केन्द्रित रहेर काम गर्नुपर्छ, नत्र आन्दोलन अवश्य हुन्छ।”

यादवले गत भदौ २३ र २४ गतेको संवैधानिक संकटको समयमा नेपाल सेना र राष्ट्रपतिको भूमिकाको प्रशंसा गर्दै भने, “संविधानको रक्षा गर्दै नागरिकको सरकार बनाउन सेनाले खेलेको रचनात्मक भूमिकाका लागि धन्यवाद दिन चाहन्छु।”

उनले हालको राजनीतिक परिस्थितिमा मधेसको मुद्दा ओझेलमा परेको बताउँदै भने, “संघीयता माथि आक्रमण भइरहेको छ, समावेशीता माथि प्रहार भइरहेको छ। मधेस २०७२ सालको अवस्थामै पुगेको छ।”

यादवले जातीय र क्षेत्रीय विभाजनको राजनीतिलाई खारेज गर्दै भने, “मधेस आन्दोलनले सबै नेपाली हुन् भन्ने सन्देश दिएको हो। अनुहार हेरेर नेपाली हो वा होइन भन्ने सोच गलत हो।”

उनले हाल जेनजी युवाहरूमाथि भइरहेको आरोपको सन्दर्भमा भने, “जेनजी युवाहरूको माग जायज छ। उनीहरूको सम्मान गर्नुपर्छ र माग सम्बोधन गर्नुपर्छ।”

त्यस्तै, उनले नागरिकलाई आतंकित पार्ने गतिविधि तत्काल रोक्न सरकारसँग आग्रह गर्दै सबै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्नुपर्ने सुझाव दिए।

उनले भने, “जनता सर्वोपरी हो। जनताको चाहना बुझ्नु नै नेताको धर्म हो। अहिले जनता परिवर्तन र सुशासन चाहन्छ। भ्रष्ट्राचारमुक्त समाज चाहन्छ। त्यसैले राष्ट्र निर्माणमा हामी सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ।”

सामाजिक न्याय, समान अवसर र समावेशीता आफ्नो र पार्टीको स्थायी प्रतिबद्धता रहेको बताउँदै यादवले भने, “आन्तरिक रिस–इर्ष्या, तिक्तता र विगतका गुनासोलाई बिर्सेर सबै मिलेर अघि बढ्ने बेला यही हो। समावेशी र समृद्ध नेपालका लागि साझा प्रयास अपरिहार्य छ।”

कार्यक्रम जसपा पर्साका अध्यक्ष सिंघासन साह तेलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवम् वीरगंज महानगर प्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, केन्द्रीय सदस्यहरू पुरुषोत्तम लाल झा, मोहनलाल चौधरी, जनार्धन यादव, जनत अंसारी, सलमा खातुन, मधुमाया यादव, पूर्व जिल्ला समन्वय समिति प्रमुख नेकमहम्मद अंसारी, संघीय परिषद सदस्य मुकेश दिवेदी, प्रदेश उपाध्यक्ष प्रेमबाबु पटेल, तवरेज अहमदसहित वडाअध्यक्षहरू तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...