Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

बालेन र सुदनविरुद्ध युवा संघद्वारा जिल्ला प्रहरी कार्यालय पर्सामा पनि उजुरी

spot_img
spot_img

वीरगंज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले काठमाडौं महानगरका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार औपचारिक उजुरी दर्ता गराएकाे छ ।

माेटरसाइकल र्‍याली सहित जिल्ला प्रहरी कार्याल पुगेका एमालेका नेता तथा युवा संघका कार्यकर्ताहरुले उक्त उजुरी पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकलाई बुझाइएका हुन् । युवा संघ पर्साका अध्यक्ष सुवास साहका अनुसार केन्द्रीय सर्कुलरअनुसार मधेश प्रदेशका सबै आठ जिल्लामा एकैदिन उजुरी दर्ता गरिएको हो ।

अध्यक्ष साहले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी र क्षतिको घटनामा बालेन र सुदनको संलग्नता रहेको दाबी गर्दै उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न माग गरिएको बताए ।

उजुरी बुझाउनु अघि वीरगंज स्थित जिल्ला समन्वय समितिको प्रांगणबाट सुरु भएको युवा संघकाे मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्दै लाल बंगला पुगेर समापन भएकाे थियो।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, मधेश प्रदेशका उपाध्यक्ष एवं वीरगंज महानगर ईन्चार्ज बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, नेता जालिम मियाँ, युवा संघका केन्द्रीय सदस्य रवि गुप्ता, पर्सा सचिव राकेश महतो, युवा नेता सुजित गिरी लगायतकाे उपस्थिति रहेकाे थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...