Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

बालेन र सुदनविरुद्ध युवा संघद्वारा जिल्ला प्रहरी कार्यालय पर्सामा पनि उजुरी

spot_img
spot_img

वीरगंज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले काठमाडौं महानगरका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार औपचारिक उजुरी दर्ता गराएकाे छ ।

माेटरसाइकल र्‍याली सहित जिल्ला प्रहरी कार्याल पुगेका एमालेका नेता तथा युवा संघका कार्यकर्ताहरुले उक्त उजुरी पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकलाई बुझाइएका हुन् । युवा संघ पर्साका अध्यक्ष सुवास साहका अनुसार केन्द्रीय सर्कुलरअनुसार मधेश प्रदेशका सबै आठ जिल्लामा एकैदिन उजुरी दर्ता गरिएको हो ।

अध्यक्ष साहले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको तोडफोड, सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी र क्षतिको घटनामा बालेन र सुदनको संलग्नता रहेको दाबी गर्दै उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न माग गरिएको बताए ।

उजुरी बुझाउनु अघि वीरगंज स्थित जिल्ला समन्वय समितिको प्रांगणबाट सुरु भएको युवा संघकाे मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्दै लाल बंगला पुगेर समापन भएकाे थियो।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, मधेश प्रदेशका उपाध्यक्ष एवं वीरगंज महानगर ईन्चार्ज बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, नेता जालिम मियाँ, युवा संघका केन्द्रीय सदस्य रवि गुप्ता, पर्सा सचिव राकेश महतो, युवा नेता सुजित गिरी लगायतकाे उपस्थिति रहेकाे थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...