Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पकहा मैनपुरमा गोठघरमा आगलागी, करिब दुई लाख बराबरको क्षति

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिका–१ धोरेमा विद्युत् सर्ट भएर आगलागी हुँदा करिब एक लाख छयासी हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार धुपनाथ राउतको गोठघरमा शनिबार राति २:०० बजेतिर आगलागी भएको हो। सो खबर प्राप्त भएपछि प्रहरी चौकी धोरेबाट प्रहरी सहायक निरीक्षक भन्टु राय यादवको कमाण्डमा टोली खटिएको थियो।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो राति ३:०० बजेतिर नियन्त्रणमा लिइएको थियो। आगलागीबाट गोठघरभित्र रहेको बिआर ०५एएस ४८७९ नम्बरको टीभीएस मोटरसाइकल, एक थान साइकल र एक थान बिद्युत् मिटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। साथै, गोठमा रहेका एक भैंसी र दुईवटा पाडीको ढाडमा करिब १० प्रतिशत पोलिएको पनि बताइएको छ।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १ लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको र मानविय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...