Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

पकहा मैनपुरमा गोठघरमा आगलागी, करिब दुई लाख बराबरको क्षति

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिका–१ धोरेमा विद्युत् सर्ट भएर आगलागी हुँदा करिब एक लाख छयासी हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार धुपनाथ राउतको गोठघरमा शनिबार राति २:०० बजेतिर आगलागी भएको हो। सो खबर प्राप्त भएपछि प्रहरी चौकी धोरेबाट प्रहरी सहायक निरीक्षक भन्टु राय यादवको कमाण्डमा टोली खटिएको थियो।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो राति ३:०० बजेतिर नियन्त्रणमा लिइएको थियो। आगलागीबाट गोठघरभित्र रहेको बिआर ०५एएस ४८७९ नम्बरको टीभीएस मोटरसाइकल, एक थान साइकल र एक थान बिद्युत् मिटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। साथै, गोठमा रहेका एक भैंसी र दुईवटा पाडीको ढाडमा करिब १० प्रतिशत पोलिएको पनि बताइएको छ।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १ लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको र मानविय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...