Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बारागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुकेश मिश्र

spot_img
spot_img

कलैया । बाराको बारागढी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत मुकेश मिश्राले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

शुक्रबार गाउँपालिकाको कार्यालयमा पुगेका मिश्रालाई गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल, उपाध्यक्ष लक्ष्मी देवी राय लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमाला र अबिरले स्वागत गरेका हुन्।

स्वागत कार्यक्रममा अध्यक्ष जयसवालले गाउँपालिकाको प्रशासनिक कामकाजलाई थप प्रभावकारी र पारदर्शी बनाउन नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनले सकारात्मक ऊर्जा प्रवाह भएको बताएका छन्। उपाध्यक्ष रायले गाउँपालिकाको विकास, सुशासन र सेवाप्रवाहमा आपसी सहकार्यका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरिन्।

प्रमुख प्रशासकीय अधिकृत मुकेश मिश्राले आफ्नो कार्यकालमा सेवा प्रवाहलाई जनमैत्री, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन्।

स्वागत कार्यक्रममा वडा अध्यक्षहरू, कर्मचारी, स्थानीय समाजसेवी र सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...