Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सरकार निर्वाचन गराउन केन्द्रित भएको छ : सञ्चारमन्त्री खरेल

spot_img
spot_img

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीका जायज माग पूरा गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन गर्नेतर्फ सरकार केन्द्रित भएको बताउनुभएको छ ।

राष्ट्रपतिको अग्रसरतमा प्रधानमन्त्री सुशीला कार्कीसहित आज भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “आजको छलफल निर्वाचन केन्द्रित भयो, सम्माननीय राष्ट्रपतिले फागुन २१ गते निर्वाचनको तयारी के–कसरी भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूलाई सोध्नुभयो । चुनाव तोकिएकै समयमा गर्नुपर्छ भन्ने उहाँको मत रहेको छ ।”

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले सुरक्षाको प्रत्याभूति दिलाउने, निर्वाचन आयोगलाई उपलब्ध गराउने स्रोतसाधन र अन्य तयारीका विषयमा राष्ट्रपति र राजनीति दलहरूलाई सरकारले जानकारी गराएको बताउनुभयो । बैठकमा विभिन्न राजनीतिक दलको सहभागिता रहेको र ती दलहरू निर्वाचनमा जाने विषयमा कुनै द्विविधा नरहेको स्पष्ट पार्दै मन्त्री खरेलले भन्नुभयो, “राजनीतिक दलका प्रतिनिधिहरूले पनि चुनाव जानुपर्छ भन्ने विषयलाई आत्मसात गर्नुभएको छ ।

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्छ भन्ने उहाँहरूको भनाइ छ ।” उहाँका अनुसार बैठकमा केही राजनीतिक दलहरूले निर्वाचनमा जाने निर्णय गरिसकेको र केहीले छिट्टै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “चुनावको वातावरण बनेको छ,” मन्त्री खरेलले भन्नुभयो, “निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अगाडि बढेको छ ।

सुरक्षाकर्मी पनि उच्च मनोवलका साथ अगाडि बढेका छन् ।” राष्ट्रपति पौडेलले भोलि प्रधानमन्त्री कार्कीसहित जेनजीका प्रतिनिधिसँग पनि फागुन २१ गतेको निर्वाचनबारे छलफल गर्नुहुने उहाँले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...