Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

एकीकृत समाजवादीद्वारा निर्वाचनको तयारी गर्ने निर्णय

spot_img
spot_img

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारी तीव्र बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले निर्वाचन तयारीसँगै देशभरका जनवर्गीय सङ्गठनहरूलाई सक्रिय बनाउने निर्णय गरेको हो।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार संविधान र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको हो । उनले भने, “निर्वाचन अगाडि समान विचारधारा भएका दलहरू तथा वाम समाजवादी शक्तिबीच सहकार्य र एकताको दिशा टुङ्गो लगाउने कार्यसूची बैठकले पारित गरेको छ।”

बैठकमा मुलुकको समसामयिक राजनीतिक स्थिति, पछिल्ला घटनाक्रम, र जनवर्गीय सङ्गठनहरूको कार्यगत प्रगतिबारे विस्तृत समीक्षा गरिएको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए ।

यसअघि पार्टीले गत भदौ अन्तिम साता स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएको भए पनि जेन्जी प्रदर्शनका कारण बैठक स्थगित भएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...