Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

एकीकृत समाजवादीद्वारा निर्वाचनको तयारी गर्ने निर्णय

spot_img
spot_img

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारी तीव्र बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले निर्वाचन तयारीसँगै देशभरका जनवर्गीय सङ्गठनहरूलाई सक्रिय बनाउने निर्णय गरेको हो।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार संविधान र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको हो । उनले भने, “निर्वाचन अगाडि समान विचारधारा भएका दलहरू तथा वाम समाजवादी शक्तिबीच सहकार्य र एकताको दिशा टुङ्गो लगाउने कार्यसूची बैठकले पारित गरेको छ।”

बैठकमा मुलुकको समसामयिक राजनीतिक स्थिति, पछिल्ला घटनाक्रम, र जनवर्गीय सङ्गठनहरूको कार्यगत प्रगतिबारे विस्तृत समीक्षा गरिएको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए ।

यसअघि पार्टीले गत भदौ अन्तिम साता स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाएको भए पनि जेन्जी प्रदर्शनका कारण बैठक स्थगित भएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...