Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जेनजि आन्दाेलनमा क्षतिग्रस्त इप्रका सुगौली विर्तालाई विभिन्न सामग्री सहयोग

spot_img
spot_img

वीरगंज । परिवर्तन नेपाल फाउण्डेशनले वीरगंज महानगरपालिका–२६ स्थित इलाका प्रहरी कार्यालय सुगौली बिर्तालाई विभिन्न अति आवश्यक सामग्रीहरू सहयोगस्वरूप हस्तान्तरण गरेको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बिशेष साह, संस्थापक रणधीर वर्णवाल, बालेश्वर जैसवाल, सामाजिक अभियन्ता बिकी सर्राफ र बिनय गिरीको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।

फाउण्डेशनले प्रहरी कार्यालयलाई कुकर १ थान, खाने थाल र ग्लास ६–६ पिस, जग र पानी बोतल २–२ पिस, चामल राख्ने ५० लिटरको ड्रम १ थान, झुल ४ पिस, बेडशीट २ पिस, बेड फोम २ पिस, एलईडी बल्ब ६ पिस, बाल्टिन २ पिस तथा टी–शर्ट, ट्रयाक प्यान्ट लगायतका कपडाहरू हस्तान्तरण गरेको जनाएको छ ।

बिमार्ट अनलाइन सपिङ, जोया फेशन, र अशोक यादवकाे सहकार्यमा जेन जि आन्दाेलनकाे क्रममा क्षतिग्रस्त प्रहरी कार्यालयलाई सहयाेग गरिएकाे अध्यक्ष साहले वताए । अध्यक्ष साहले प्रहरी कार्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक सहकार्य र सहयोगात्मक गतिविधि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...