Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जेनजि आन्दाेलनमा क्षतिग्रस्त इप्रका सुगौली विर्तालाई विभिन्न सामग्री सहयोग

spot_img
spot_img

वीरगंज । परिवर्तन नेपाल फाउण्डेशनले वीरगंज महानगरपालिका–२६ स्थित इलाका प्रहरी कार्यालय सुगौली बिर्तालाई विभिन्न अति आवश्यक सामग्रीहरू सहयोगस्वरूप हस्तान्तरण गरेको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बिशेष साह, संस्थापक रणधीर वर्णवाल, बालेश्वर जैसवाल, सामाजिक अभियन्ता बिकी सर्राफ र बिनय गिरीको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।

फाउण्डेशनले प्रहरी कार्यालयलाई कुकर १ थान, खाने थाल र ग्लास ६–६ पिस, जग र पानी बोतल २–२ पिस, चामल राख्ने ५० लिटरको ड्रम १ थान, झुल ४ पिस, बेडशीट २ पिस, बेड फोम २ पिस, एलईडी बल्ब ६ पिस, बाल्टिन २ पिस तथा टी–शर्ट, ट्रयाक प्यान्ट लगायतका कपडाहरू हस्तान्तरण गरेको जनाएको छ ।

बिमार्ट अनलाइन सपिङ, जोया फेशन, र अशोक यादवकाे सहकार्यमा जेन जि आन्दाेलनकाे क्रममा क्षतिग्रस्त प्रहरी कार्यालयलाई सहयाेग गरिएकाे अध्यक्ष साहले वताए । अध्यक्ष साहले प्रहरी कार्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक सहकार्य र सहयोगात्मक गतिविधि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...