Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

हरिखेतानकाे पठनपाठन सुचारू गर्न माग गर्दै अनेरास्ववियूले बुझायाे सडिओलाई ज्ञापन

spot_img
spot_img

वीरगंज । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) पर्साले वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा पठनपाठन सुचारू गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियु पर्साका अध्यक्ष सुजित मण्डलको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा क्याम्पसको आन्तरिक विवादका कारण विद्यार्थीहरूको अध्ययन रोकिएको र शैक्षिक वातावरण अस्तव्यस्त भएको उल्लेख गरिएको छ ।

संगठनले क्याम्पस समुदायिक स्वरूपको भएको र केही व्यक्तिहरूले निजी स्वार्थका लागि जातीय हवला दिँदै क्याम्पसको सम्पत्ति र आम्दानी हडप्ने प्रयास गरेको आरोप लगाएको छ । साथै, आन्तरिक विवाद तत्काल समाधान गरी पठनपाठन यथाशीघ्र सञ्चालन गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेकाे टाेलीमा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, जिल्ला अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी, इकाई अध्यक्ष अरमान आलम, महानगर सह–सचिव आमान अन्सारी, अनिल हजरा लगायत विद्यार्थी तथा युवा नेताहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष मण्डलले शैक्षिक संस्थामा देखिएका बेथिति र निजीकरणका प्रयासविरुद्ध अनेरास्ववियु सशक्त रूपमा अघि बढ्ने चेतावनी पनि दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...