Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

विश्व दृष्टि दिवसमा पर्साका १८५ प्रहरीलाई निःशुल्क आँखा परीक्षण

spot_img
spot_img

वीरगंज । विश्व दृष्टि दिवसको अवसरमा पर्साका प्रहरी कर्मचारीहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, वीरगंजको संयुक्त आयोजनामा बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय पर्साको सभा हलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा नेत्र अधिकृत कौशल कुमार कर्ण, नेत्र सहायक अधिकृत सन्तोष ठाकुर, नेत्र सहायक अधिकृत आशा साह र अस्पताल व्यवस्थापक प्रकाश कुमार वर्मासहितको टोलीले आँखा परीक्षण सेवा प्रदान गरेको थियो ।

शिविरमा सहभागी १८५ जना प्रहरीमध्ये १०२ जनालाई चश्मा, ११३ जनालाई औषधि वितरण गरिएको, १ जनामा मोतियाबिन्दु र १ जनामा उच्च दृष्टि दोष (High Power) रहेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, प्रहरी नायव उपरीक्षक किशोर लम्साल लगायत प्रहरी कर्मचारीहरूको उपस्थितिमा सञ्चालन भएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...