Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

नेत्रज्योति संघ पर्साद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा सशस्त्र प्रहरी बल चिनिमिलका प्रहरीहरूका लागि निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संघका सभापति भगवती चौधरीको सभापतित्वमा सम्पन्न उक्त शिविरको उद्घाटन सशस्त्र प्रहरी उपरीक्षक पुरन भट्टले आफ्नै आँखा परीक्षण गराई गरेका थिए । शिविरमा सशस्त्र प्रहरी बल चिनिमिलमा कार्यरत ६८ जना सशस्त्र प्रहरीहरूले आँखा परीक्षण गराई चश्मा तथा औषधि वितरणबाट प्रत्यक्ष लाभ लिएकाे संघका कार्यसमिति सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।

कार्यक्रममा संघका उपाध्यक्ष मदन प्रसाद गुप्ता, सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दिपिका श्रेष्ठ, सदस्यहरू महन्थ प्रसाद यादव, गणेश साह, उमेश गुप्ता, सुनिता नेपाल, समित कर्ण र बसन्त गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

शिविरमा नेत्र सहायक अंजली चौधरी र टेक्निसियन आनन्द कुमार साहले आँखा परीक्षण तथा प्राविधिक सहयोग प्रदान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...