Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

गाेल्डेन हत्याका मुख्य आरोपी १६ बर्षिय बालक

spot_img
spot_img

वीरगंज । गोल्डेन भन्ने शिवम साह कानुको हत्या प्रकरणमा संलग्न थप एक जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।घटनापछि फरार रहेका मुख्य आरोपी १६ बर्षिय बालकलाई प्रकाउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका ती बालकविरुद्ध कर्तव्यज्यान सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । आराेपित बालक रहेका कारण उनकाे नाम र ठेगाना सार्वजनिक नगरिएकाे उनले वताए ।

प्रहरीका अनुसार वीरगंज मेलाकाे दिन असोज १४ गते बारा परवानीपुर गाउँपालिका–९ घर भई हाल वीरगंज महानगरपालिका–१० बस्ने २० वर्षीय शिवम साह कानु (गोल्डेन) घरबाट “गहवामाईको मेला हेर्न जान्छु” भन्दै निस्किएका थिए । सोही राति करिब ११:३० बजे उनीमाथि खुनी दरिन्दे समूहले कर्तव्य गरी हत्या गरेको थियो ।

यस अघि नै प्रहरीले गाेल्डेन हत्या अन्य आराेपति वीरगंज महानगरपालिका–.२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा पक्राउ गरि मुद्दा दर्ता गरि सकेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...