Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

गाेल्डेन हत्याका मुख्य आरोपी १६ बर्षिय बालक

spot_img
spot_img

वीरगंज । गोल्डेन भन्ने शिवम साह कानुको हत्या प्रकरणमा संलग्न थप एक जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।घटनापछि फरार रहेका मुख्य आरोपी १६ बर्षिय बालकलाई प्रकाउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका ती बालकविरुद्ध कर्तव्यज्यान सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । आराेपित बालक रहेका कारण उनकाे नाम र ठेगाना सार्वजनिक नगरिएकाे उनले वताए ।

प्रहरीका अनुसार वीरगंज मेलाकाे दिन असोज १४ गते बारा परवानीपुर गाउँपालिका–९ घर भई हाल वीरगंज महानगरपालिका–१० बस्ने २० वर्षीय शिवम साह कानु (गोल्डेन) घरबाट “गहवामाईको मेला हेर्न जान्छु” भन्दै निस्किएका थिए । सोही राति करिब ११:३० बजे उनीमाथि खुनी दरिन्दे समूहले कर्तव्य गरी हत्या गरेको थियो ।

यस अघि नै प्रहरीले गाेल्डेन हत्या अन्य आराेपति वीरगंज महानगरपालिका–.२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा पक्राउ गरि मुद्दा दर्ता गरि सकेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...