Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

बिरन्चीवरवामा ५ दिने भवानी मेला मूर्ति बिसर्जनसँगै विधिवत रूपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–५ बिरन्चीवरवामा पाँच दिने ऐतिहासिक भवानी मेला भवानीको मूर्ति बिसर्जनसँगै विधिवत रूपमा सम्पन्न गरिएको छ।

वडाध्यक्ष जयनारायण पटेलले बिहान माता भवानीको पूजापाठ गरेपछि बाजागाजासहित सयौँ स्थानीयवासीहरूको सहभागितामा गाउँ परिक्रमा गरी गंगोल खोलामा मूर्ति बिसर्जन भएको हो ।

करिब सय वर्षअघि शुरू भएको यो मेला प्रत्येक वर्ष दशमीको दिन “धोबिन चरा” उडाएर उद्घाटन गर्ने परम्परासँग जोडिएको छ। स्थानीय विश्वासअनुसार, धोबिन चरा देखिएपछि वर्षभरको यात्रा सफल र शुभ हुने मान्यता रहिआएको छ।

यस वर्ष पनि सोही परम्परा अनुसार पर्सा क्षेत्र नं. ४ (ख) का प्रदेश सांसद तथा पूर्वमन्त्री सिंशासन साह कलवार र कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ गुप्ताले संयुक्त रूपमा धोबिन चरा उडाउँदै मेलाको उद्घाटन गरेका थिए।

मेलामा पर्सा सहित भारतको बिहार राज्यका पूर्वी र पश्चिमी चम्पारण क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनहरू सहभागी भएका थिए। मेलामा नाचगान, नृत्य प्रदर्शन तथा विभिन्न धामीझाँक्रीका सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो।

वडाध्यक्ष पटेलका अनुसार, सदियौँदेखि चलिआएको धार्मिक, सांस्कृतिक परम्पराको संरक्षणका लागि मेलाको आयोजना हरेक वर्ष गरिँदै आएको हो। यस वर्ष पूर्णिमाको दिन मंगलबार परेको र सो दिन मूर्ति बिसर्जन नगर्ने परम्परा भएकाले आज (बुधबार) बिसर्जन गरी मेला सम्पन्न गरिएको भवानी मन्दिरका पुजारी राजेश तिवारीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...