Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

बिरन्चीवरवामा ५ दिने भवानी मेला मूर्ति बिसर्जनसँगै विधिवत रूपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–५ बिरन्चीवरवामा पाँच दिने ऐतिहासिक भवानी मेला भवानीको मूर्ति बिसर्जनसँगै विधिवत रूपमा सम्पन्न गरिएको छ।

वडाध्यक्ष जयनारायण पटेलले बिहान माता भवानीको पूजापाठ गरेपछि बाजागाजासहित सयौँ स्थानीयवासीहरूको सहभागितामा गाउँ परिक्रमा गरी गंगोल खोलामा मूर्ति बिसर्जन भएको हो ।

करिब सय वर्षअघि शुरू भएको यो मेला प्रत्येक वर्ष दशमीको दिन “धोबिन चरा” उडाएर उद्घाटन गर्ने परम्परासँग जोडिएको छ। स्थानीय विश्वासअनुसार, धोबिन चरा देखिएपछि वर्षभरको यात्रा सफल र शुभ हुने मान्यता रहिआएको छ।

यस वर्ष पनि सोही परम्परा अनुसार पर्सा क्षेत्र नं. ४ (ख) का प्रदेश सांसद तथा पूर्वमन्त्री सिंशासन साह कलवार र कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ गुप्ताले संयुक्त रूपमा धोबिन चरा उडाउँदै मेलाको उद्घाटन गरेका थिए।

मेलामा पर्सा सहित भारतको बिहार राज्यका पूर्वी र पश्चिमी चम्पारण क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनहरू सहभागी भएका थिए। मेलामा नाचगान, नृत्य प्रदर्शन तथा विभिन्न धामीझाँक्रीका सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो।

वडाध्यक्ष पटेलका अनुसार, सदियौँदेखि चलिआएको धार्मिक, सांस्कृतिक परम्पराको संरक्षणका लागि मेलाको आयोजना हरेक वर्ष गरिँदै आएको हो। यस वर्ष पूर्णिमाको दिन मंगलबार परेको र सो दिन मूर्ति बिसर्जन नगर्ने परम्परा भएकाले आज (बुधबार) बिसर्जन गरी मेला सम्पन्न गरिएको भवानी मन्दिरका पुजारी राजेश तिवारीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...