Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

इरानमा हुने एसियाली जुर्खानी च्याम्पियनसिपमा पोखरियाको राजकाे पनि सहभागिता

spot_img
spot_img

वीरगंज । नेपालका राष्ट्रिय पहलवान राज यादव इरानको उर्मिया शहरमा आयोजना हुने ७औं एशियन ज़ुरखानेह कुस्ती (पहलवानी) खेलमा नेपालको प्रतिनिधित्व गर्न नेपालबाट प्रस्थान गरेका छन्।

पर्साकाे पोखरिया नगरपालिका वडा नं. १० शिवबर्वा निवासी यादवले १२० के.जी. तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । उनी राष्ट्रिय स्तरमा ८ पटक स्वर्ण (Gold) र १ पटक रजत (Silver) पदक जितिसकेका छन् भने Asian Games 2023 मा ७औं स्थान प्राप्त गरेका थिए।

यसपटक पनि यादव नेपालको सान बढाउने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुँदैछन्। उनी दुबई हुँदै इरान प्रस्थान गरेका हुन्। सम्पूर्ण टोलीलाई पोखरिया नगरपालिका, मधेस प्रदेश र नेपालको नाम उज्यालो पार्दै Gold Medal जित्ने शुभकामना व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...