Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

इरानमा हुने एसियाली जुर्खानी च्याम्पियनसिपमा पोखरियाको राजकाे पनि सहभागिता

spot_img
spot_img

वीरगंज । नेपालका राष्ट्रिय पहलवान राज यादव इरानको उर्मिया शहरमा आयोजना हुने ७औं एशियन ज़ुरखानेह कुस्ती (पहलवानी) खेलमा नेपालको प्रतिनिधित्व गर्न नेपालबाट प्रस्थान गरेका छन्।

पर्साकाे पोखरिया नगरपालिका वडा नं. १० शिवबर्वा निवासी यादवले १२० के.जी. तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । उनी राष्ट्रिय स्तरमा ८ पटक स्वर्ण (Gold) र १ पटक रजत (Silver) पदक जितिसकेका छन् भने Asian Games 2023 मा ७औं स्थान प्राप्त गरेका थिए।

यसपटक पनि यादव नेपालको सान बढाउने लक्ष्यसहित प्रतियोगितामा सहभागी हुँदैछन्। उनी दुबई हुँदै इरान प्रस्थान गरेका हुन्। सम्पूर्ण टोलीलाई पोखरिया नगरपालिका, मधेस प्रदेश र नेपालको नाम उज्यालो पार्दै Gold Medal जित्ने शुभकामना व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...