Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पाेखरियाका बाढी पिडितलाई राहत वितरण

spot_img
spot_img

पोखरिया । पर्साकाे पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरियास्थित दलित बस्तीका ७५ जना बाढी पीड़ित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । वितरण गरिएको सामग्रीमा चामल, दाल, नून, तेल, प्याज, आलु, सोयाबिन, तरकारी, मसला र त्रिपाल समावेश छन्।

अविरल वर्षाका कारण बस्ती पूर्ण रूपमा डुबानमा परेका थिए र जनजीवन अत्यन्त कष्टकर बनेको थियो । बाढी पीड़ितहरू खुलेआकाश मुनि रात कटाइरहेका थिए । पोखरिया नगरपालिकाका प्रमुख प्रद्युमन प्रसाद चौहानले पीड़ितहरूलाई कुनै पनि असुविधा वा आवश्यकतामा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राहत वितरणमा प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, वडा नम्बर ५ का वडाध्यक्ष महेन्द्र महतो, वडा सदस्य पन्नालाल, नगरपालिकाका प्रशासन शाखा प्रमुख संजय कुमार पाण्डेय, विपद् व्यवस्थापन शाखा प्रमुख राजेश पटेललगायत सहभागी थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...