Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियाका बाढी पिडितलाई राहत वितरण

spot_img
spot_img

पोखरिया । पर्साकाे पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरियास्थित दलित बस्तीका ७५ जना बाढी पीड़ित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । वितरण गरिएको सामग्रीमा चामल, दाल, नून, तेल, प्याज, आलु, सोयाबिन, तरकारी, मसला र त्रिपाल समावेश छन्।

अविरल वर्षाका कारण बस्ती पूर्ण रूपमा डुबानमा परेका थिए र जनजीवन अत्यन्त कष्टकर बनेको थियो । बाढी पीड़ितहरू खुलेआकाश मुनि रात कटाइरहेका थिए । पोखरिया नगरपालिकाका प्रमुख प्रद्युमन प्रसाद चौहानले पीड़ितहरूलाई कुनै पनि असुविधा वा आवश्यकतामा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राहत वितरणमा प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, वडा नम्बर ५ का वडाध्यक्ष महेन्द्र महतो, वडा सदस्य पन्नालाल, नगरपालिकाका प्रशासन शाखा प्रमुख संजय कुमार पाण्डेय, विपद् व्यवस्थापन शाखा प्रमुख राजेश पटेललगायत सहभागी थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...