Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’

spot_img
spot_img

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी अपराधमा संलग्न व्यक्तिहरूमाथि प्रतिवेदन पर्खिनु नपर्ने स्पष्ट पारेको छ। आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि अपराधमा संलग्नलाई नेपाल सरकारका सम्बन्धित संयन्त्रहरूले तत्क्षण अनुसन्धान र कानुनी कारबाही अघि बढाउन सक्छन्।

विज्ञप्तिमा गृहमन्त्रालयले असोज ९ गते जारी गरेको सूचना–पत्रप्रति आयोगको ध्यानाकर्षण भएको जनाइएको छ। उक्त विज्ञप्तिमा ‘आयोगको रायसहितको प्रतिवेदन प्राप्त भएपछि मात्र नेपाल सरकारले कानुनअनुसार कारबाही गर्ने’ भनिएको थियो।

आयोगले स्मरण गराएको छ कि उसलाई कार्यादेशअनुसार भौतिक तथा मानवीय क्षतिको विवरण संकलन, विश्लेषण र आवश्यक राय प्रदान गर्ने अधिकार प्राप्त छ।

‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न भागमा भएका भौतिक तथा मानवीय क्षतिको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने उद्देश्यले आयोग गठन गरिएको हो। आयोगले असोज ९ गतेदेखि आफ्नो कार्य औपचारिक रूपमा सुरु गरिसकेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...