Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’

spot_img
spot_img

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी अपराधमा संलग्न व्यक्तिहरूमाथि प्रतिवेदन पर्खिनु नपर्ने स्पष्ट पारेको छ। आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि अपराधमा संलग्नलाई नेपाल सरकारका सम्बन्धित संयन्त्रहरूले तत्क्षण अनुसन्धान र कानुनी कारबाही अघि बढाउन सक्छन्।

विज्ञप्तिमा गृहमन्त्रालयले असोज ९ गते जारी गरेको सूचना–पत्रप्रति आयोगको ध्यानाकर्षण भएको जनाइएको छ। उक्त विज्ञप्तिमा ‘आयोगको रायसहितको प्रतिवेदन प्राप्त भएपछि मात्र नेपाल सरकारले कानुनअनुसार कारबाही गर्ने’ भनिएको थियो।

आयोगले स्मरण गराएको छ कि उसलाई कार्यादेशअनुसार भौतिक तथा मानवीय क्षतिको विवरण संकलन, विश्लेषण र आवश्यक राय प्रदान गर्ने अधिकार प्राप्त छ।

‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न भागमा भएका भौतिक तथा मानवीय क्षतिको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने उद्देश्यले आयोग गठन गरिएको हो। आयोगले असोज ९ गतेदेखि आफ्नो कार्य औपचारिक रूपमा सुरु गरिसकेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...