Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

यात्रुसँग बढी भाडा असुल्ने आधा दर्जन चालक पक्राउ

spot_img
spot_img

चितवन । राजधानी फर्कने यात्रुसँग बढी भाडा असुल गरिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीमा सुरक्षा निकायका प्रमुखहरू समेत सहभागी थिए । टोलीले नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारी क्षेत्रमा सडक अनुगमन गर्दै बढी भाडा असुल गर्ने चालकहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बढी भाडा असुल गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको छ। ती चालकहरूले यात्रुलाई बढी भाडाको टिकट दिएर चलानीमा कम रकम देखाई ठगी गरेको भेटिएको हो। सो क्रममा २५ वटा माइक्रोबसले उठाएको अतिरिक्त भाडा यात्रुलाई फिर्ता गराइएको उनले बताइन्।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार चलानीबिना यात्रु बोक्ने, बढी भाडा असुल गर्ने तथा अटेर गर्ने चालकहरूलाई चेतावनी दिइएको, जरिवाना गरिएको र केहीलाई नियन्त्रणमा लिइएको छ। अटेर गर्नेहरूमाथि कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

दशैंको अवसरमा काठमाडौँ फर्कने यात्रुको भीड बढेसँगै यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेका गुनासो बढेपछि नियमित अनुगमन सुरु गरिएको प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...