Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

असोज १९ र २० गते सार्वजनिक विदा

spot_img
spot_img

काठमाडौं । गृह मन्त्रालयले देशभर आगामी दुई दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारी अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान भएकाले यस्तो निर्णय गरिएको हो।

मन्त्रालयले आज जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, “वर्षाका कारण बाढी, डुबान, भू–क्षय लगायतका जोखिम उच्च रहेको र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना भएकाले असोज १९ र २० गते नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ।”

सार्वजनिक विदा अवधिमा विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू भने सञ्चालनमा रहनेछन्।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा सबै नागरिकलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सम्बन्धित निकायका निर्देशनहरू पालना गर्न अनुरोध गरिएको छ।

सूचनामा देशभर बढ्दो वर्षा र सम्भावित विपद् जोखिमका बीच सतर्क रहन सबै पक्षलाई सचेत गराइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...

काठमाडौंमा फेटा घटनाका घाइतेलाई भेट्दै सांसद अन्सारीले भने : दोषीले उन्मुक्ति पाउँदैनन्

वीरगंज । बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको...

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम...