Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

असोज १९ र २० गते सार्वजनिक विदा

spot_img
spot_img

काठमाडौं । गृह मन्त्रालयले देशभर आगामी दुई दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारी अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान भएकाले यस्तो निर्णय गरिएको हो।

मन्त्रालयले आज जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, “वर्षाका कारण बाढी, डुबान, भू–क्षय लगायतका जोखिम उच्च रहेको र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना भएकाले असोज १९ र २० गते नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ।”

सार्वजनिक विदा अवधिमा विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू भने सञ्चालनमा रहनेछन्।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा सबै नागरिकलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सम्बन्धित निकायका निर्देशनहरू पालना गर्न अनुरोध गरिएको छ।

सूचनामा देशभर बढ्दो वर्षा र सम्भावित विपद् जोखिमका बीच सतर्क रहन सबै पक्षलाई सचेत गराइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ...

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न...

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...