Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

भारी वर्षाको जोखिम : तीन दिन लामो दूरीका सवारी सञ्चालन नगर्न आग्रह

spot_img
spot_img

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर भइरहेको अविरल वर्षाका कारण पहिरो, डुबान र बाढीको जोखिम बढेको भन्दै आगामी तीन दिनसम्म लामो दूरीका सवारी साधन सञ्चालन नगर्न अनुरोध गरेको छ।

प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै काठमाडौं उपत्यकामा भित्रिने र यहाँबाट बाहिरिने सबै प्रकारका सवारी साधन अस्थायी रूपमा रोक्न सम्बद्ध निकायहरूलाई आग्रह गरेको छ।

सूचनामा भनिएको छ, “भारी वर्षाका कारण सडक अवरोध, पहिरो र डुबानको जोखिम उच्च भएकाले सवारी साधनको आवागमन रोक्दा जनधनको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्नेछ।”

प्राधिकरणले यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायलाई आवश्यक अनुगमन र संयोजन गर्न पनि निर्देशन दिएको छ।

साथै, नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न, मौसम पूर्वानुमान र सम्बन्धित निकायका सूचना नियमित रूपमा पालन गर्न अनुरोध गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...